Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : गुन्डा नाइकेलाई अत्याधुकिन हतियार राख्ने अनुमति दिएको खुलासा

Saturday, 20 April 2013

गुन्डा नाइकेलाई अत्याधुकिन हतियार राख्ने अनुमति दिएको खुलासा

प्रहरीले एमाओवादीको नेवा: राज्य समितिका सदस्यसहित चार जनालाई अत्याधुनिक हतियारसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखा ताक्लुङका २३ वर्षीय यमबहादुर थापा, गोरखा छाप्रोङ–१ का एलिसा गुरुङ, मोरङ लेटाङ–४ का २५ वर्षीय रुद्र दाहाल र बाँके नेपालगन्जका १९ वर्षीय पंकज मल्ल छन् । प्रहरीले उनीहरूको साथबाट मेड इन जर्मन लेखिएको अत्याधुनिक राइफल, दुईवटा म्यागजिन, ५३ राउन्ड गोली, मेड इन जर्मनी लेखिएको एउटा सिक्सर रिभल्वर र त्यसमा लाग्ने दुई २ राउन्ड गोली बरामद गरेको छ । त्यसका साथै उनीहरूबाट खुकुरी र चक्कु पनि प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका थापाले उक्त हतियार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिएर राखेको बताएका छन् । जिल्ला प्रशासन कार्यालयको रकेर्डअनुसार उनले २६ वैशाख ०६९ मा २२ बोरको राइफल राख्न पाउने भनी इजाजत लिएको देखिन्छ । तर, उनकै कोठामा बरामद भएको माउजर र त्यसको गोलीको भने इजाजत लिएको देखिन्न ।
प्रहरीका अनुसार इजाजत लिइएको भनिएको हतियार नै जिप्रकाले दिएको इजाजत पत्रमा उल्लेख भएअनुसार छैन ।

No comments :

Get Widget