Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : ६० हजार रुपैयाँ लिएर चिकित्सकले गराए पाँच महिनाको गर्भपतन

Saturday, 20 April 2013

६० हजार रुपैयाँ लिएर चिकित्सकले गराए पाँच महिनाको गर्भपतन

७ बैशाख, सिरहा । परपुरूषसँग शारीरिक सम्बन्ध राखेकी एक महिलाको गर्भमा रहेको पाँच महिना गर्भ एक चिकित्सकले ६० हजार लिएर अवैध रूपमा ग्रभपतन गराएको खुलासा भएको छ ।
श्रीमान् वैदेशिक रोजगारमा गएको बेला परपुरुषसँग शारीरिक सम्बन्ध राख्दा रहेको गर्भ फ्याँक्न चिकित्सक विभा मण्डलले बैशाख ५ गते ६० हजार रूपैयाँ लिएको र अवैध गर्भपतन गराएको खुलेको छ ।
चन्द्रलालपुर(६ की २५ वर्षीया महिलाले अत्यधिक रक्तश्राव भएपछि गर्भपतन गराएको कुरा आफ्नो परिवारमा जानकारी गराएपछि उक्त रहस्य बाहिर आएको हो ।
अत्यधिक रक्तश्राव भएकोले नमितालाई इलाका प्रहरी कार्यालय गोलबजारमार्फत भूमिजा हस्पिटलमा भर्ना गरिएको छ ।
नमिताका ससुरा महादेव यादवले आफ्नो बुहारीलाई बिगार्ने र अवैध गर्भपतन गराउने डाक्टर सहितलाई कानुनी कारबाही गर्न प्रहरीसँग माग गरेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारले दिएको जानकारी अनुसार गर्भधारण गराउने वीरेन्द्र यादव र उनका तीन सहयोगी फरार रहेका छन् ।
श्रीमानको स्वीकृतिबिना तीन महिनाभन्दा बढीको गर्भपतन गराउन कानुनले निषेध गरेको छ ।

No comments :

Get Widget