Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : खिलराजले मागे राष्टपतिसंग गुहार

Saturday, 20 April 2013

खिलराजले मागे राष्टपतिसंग गुहार

७ वैशाख,काठमाडौ। मन्त्रीपरिषदको अध्यक्षको सफथ खाएर सिंहदरवार छिरेको महिना दिनसम्म समेत चुनावको मिति घोषणा गर्न नसकेर आलोचनाको भूमरीमा परेका खिलराज रेग्मीले राष्टपति डा रामवरण यादवसंग आन्दोलनरत समूहलाइ वार्तामा ल्याइदिन आग्रह गरेका छन । सरकारको हैसियतमाथी प्रश्न उठाउदै नेकपा–माओवादी वार्तामा बस्न अश्वीकार गरेपछि रेग्मीलेृ राष्टपतिसंग गुहार मागेका हुन् ।
शीतल निवासमा विहान भएको भेटमा राष्टपति यादवले चुनावको मिति घोषणा गर्न नसकेको भन्दै रेग्मीसंग रुष्ट देखिएका थिए । असन्तुष्टि स्वरुप राष्टपति यादवले रेग्मीलाइ चिनि नभएको फीका चिया खुवाएर पठाएका थिए । मोहन बैद्यसंग वार्ता गर्ने सरकारको प्रयास विफल भएको भन्दै रेग्मीले सम्झाइदिन राष्टपतिसंग आग्रह गरेका थिए । राष्टपतिले भने त्यो काम सरकारको भएको भन्दै रेग्मीको आग्रह इन्कार गरेका थिए ।
राष्ट्रपति यादबले आन्दोलनमा रहेका दलहरुसंग बार्ता गरी अविलम्ब निर्वाचनको मिती घोषणा गर्न अध्यक्ष रेग्मीलाई दवाव दिएका थिए । ‘चुनाव गराउने जिम्मेवारी पाएको सरकार आफ्नो जिम्मेवारी बिर्षेजस्तो भयो, राष्टपतिको भनाइ उदृद्धगर्दै स्रोतले भन्यो–मंसीरमा पनि चुनाव भएन भने तपाइको निदारमा अक्षमताको टीका लाग्ने छ ।’ शीतल निवासवाट बाहिरिने क्रममा रेग्मीले आर्को पटक भेटन आउदा चुनावको मिति सहित आउने बताएका थिए ।

No comments :

Get Widget