११ बैशाख, डडेल्धुरा । कैलालीको टिकापुरबाट अछामको साँफेबगर जादै गरेको यात्रुबाहक बस पल्टिँदा २ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
कैलालीको टिकापुरबाट अछामको साँफेबगर जादै गरेको ना ४ ख ३६०९ नम्बरको कर्णाली रिभरको बस डडेल्धुराको अमरगढी नगरपालिका ११ सल्लाघारीमा दुर्घटना हुँदा अछाम भागेश्वर–७ का रमेश बोहरा, कैलाली टिकापुर नगरपालिका–१ की हिमा बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा २० जना घाईते भएको छन् भने घाईते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
गम्भीर घाईतेलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको टिम अस्पताल डडेल्धुराले जनाएको छ । १७ जनाको टिम अस्पतालमा उपचार भईरहेको छ । गम्भीर घाईते कैलाली टिकापुर–९ का प्रेम दाश, अछाम बैला–८ का दानसिंह बिष्ट र अछाम बिन्दाबासिनी–१ का नन्दा खड्कालाई नेपालगञ्ज मेडिकल कलेजमा रेफर गरिएको छ । घाईतेमध्ये अछाम वलिगाँउ ९ का सारदा रावल, सेरा ९ का खण्डी बोहरा, सेरा ३ कै १९ बर्षिय कमला बोहरा, धनगढी नगरपालिका ४ का २० बर्षिय सरस्वती चौधरी, अछाम का १५ बर्षिय कमल सुनार, रामखिला १ कैलालीका सन्दिप बडाल, अछाम सेरा ३ का ५२ बर्षिय चन्द्रादेबि बुढा, कैलालीका ६० बर्षिय नरे बुढा, अछामका २२ बर्षिय बिरेन्द्र बुढा, टिकापुरका २४ बर्षिय रमेश चौधरी, अछाम ढाँकु ५का ४० बर्षिय खगेन्द्र बजगाई, अछाम बिन्देबासिनी २ का ३२ बर्षिय लोक बहादुर बोहरा, अछाम धमाली २ का १८ बर्षिय मन्सरा बिष्ट, धमाली २ कै २० बर्षिय गोपाल बिष्ट, अछाम बिन्देबासिनी ९ का ६० बर्षिय लक्षिम बोहरा, टिकापुरका ८ बर्षिय हिमाल बोहराको टिम अस्पताल डढेलधुरामा उपचार भईरहेकको टिम अस्पतालका दिनेश कठायतले जानकारी दिए ।
श्याउले प्रहरी पोष्ट डडेलधुराका असई डम्मर बहादुर थापाका अनुसार बस चालक र सहचालक फरार रहेको बताईएको छ । बसको छतमा र बसभित्रपनि सामान बढी भएकाले बस पल्टिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

No comments :
Post a Comment