११ बैशाख, धनगढी । कैलाली र डोटीको सीमाक्षेत्र आसपासका गाविसका अधिकांश बासिन्दाहरु लामो समयदेखि दुरसञ्चार सेवाबाट वञ्चित भएका छन ।
डोटीको लक्ष्मीनगर गाविसको चौरीबाँझमा रहेको स्काई मोबाइलको रिपिटर टावरमा करिब तीन हप्ता अघि चलेको हावाहुरीले क्षति पुर्याएपछि अवरुद्ध भएको
टेलिफोनसेवा सुचारु हुन नसक्दा स्थानीयवासी सञ्चार सेवाबाट वञ्चित भएका हुन् ।
सञ्चार सेवा अवरुद्ध भएपछि आफूहरुले टेलिफोनको सुविधा लिन घण्टौंको समयसम्म पैदल हिँड्नुपर्ने बाध्यता आएको स्थानीय नरबहादुर बोहराले गुनासो गरेका छन् ।
सहज रुपमा फोनसेवा उपलब्ध नहुँदा उक्त क्षेत्रको व्यापार व्यवसायलगायतका दैनिक काममा निकै बाधा पुगेको बताइएको छ ।
डोटीको दक्षिण भेगका लक्ष्मीनगर, सरस्वतीनगर, घण्टेश्वर, छतिवन, निरौली, गडसेरा, मान्नाकापडी, बर्छैन र घाँगललगायत १८ गाविस र कैलालीको निगाली, सुगरखाल, पण्डौन, सहजपुर, खैरालालगायत सात पहाडी गाविसका बासिन्दा सो सेवाबाट वञ्चित भएका छन् ।
भौगोलिक रुपमा विकट क्षेत्र मानिने यी गाविसहरुमा अवरुद्ध भएको फोन सेवा सुचारुका लागि नेपाल टेलिकमसँग पटकपटक आग्रह गरिएको भएपनि कुनै चासो नलिइएको गुनासो स्थानीयवासीको छ । रासस

No comments :
Post a Comment