Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : बोक्सीको आरोपमा एक महिलालाई स्थानीयले मरणासान्न हुने गरी कुटपिट

Wednesday, 10 April 2013

बोक्सीको आरोपमा एक महिलालाई स्थानीयले मरणासान्न हुने गरी कुटपिट

नुवाकोट,चैत २८ । नुवाकोटको लच्याङ गाविस वडा नम्बर दुईकी सानुकान्छी तामाङलाई बोक्सीको आरोपमा स्थानीयले मरणासान्न हुने गरी कुटपिट गरेका छन् । बोक्सीको आरोपमा स्थानीय केही व्यक्तिले तामाङलाई कुटपिट गरेका हुन् । तामाङलाई हातगोडा बाधेर घरमै थुनेको अवस्थामा प्रहरीले फेला पारेको थियो । त्यसपछि प्रहरीले उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल त्रिशुली पुर्‍याएको थियो । प्रहरीले कुटपिटमा संलग्न भएको आरोपमा सुकुलाल तामाङ, आइतमान तामाङ, सूर्यबहादुर तामाङ, विष्णुराज तामाङ, मिलन तामाङलाई पक्राउ गरेको छ । तामाङले एकवर्ष अघि खान दिएको मादक पदार्थले लगातार पेट दुख्न थालेकाले कुटपिट गरेको पक्राउ परेकाहरुले बयान दिएका छन ।

No comments :

Get Widget