२८ चैत, काठमाडौं । युद्ध, हिंसा र आतंकका घटनाले जरो गाडेका बेला यस्तै घटना कोरियाली प्रायद्धिपमा पनि देखिएको विषयलाई लिएर नेपाल रिपब्लिक पार्टीले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 
विश्वलाई हरेक मानिसले शान्ति, विकास र सभयताको बाटोमा अघि बढ्न चाहिरहेका बेला कोरियाली प्रायद्धिपमा बढेको यो त्रासप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको पार्टीले आज जारि गरेको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा दक्षिण कोरिया र अमेरिकाविरुद्ध आणविक मिसाइलहरू लक्षित गर्दै उत्तर कोरियाले हालै आफ्नो सेनालाई खतरनाक मिसाइल प्रयोगका लागि दिएको अनुमतिले विश्व शान्ति र सद्भावमा नकारात्मक असर पार्नुका साथै विश्वभर तनाव बढाएको उल्लेख गर्दै पार्टीले चिन्ता प्रकट गरेको हो । पार्टी अध्यक्ष सिद्धार्थ गौतमले एक प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि मुलुकहरूबीच रहेका जतिसुकै जटिल विवाद पनि पारस्परिक वार्ता, छलफल र समझदारीबाट टुंगिनु पर्ने बताएका छन् । विग्रह, हिंसा, तनाव र युद्धले कसैको पनि हित नगर्ने र कोरियाली प्रायद्वीपको तनावले अन्ततः सिङ्गो विश्वलाई नै दुःखद परिस्थितितर्फ धकेल्न सक्नेतर्फ सरोकारवालाहरु सचेत र गम्भीर बन्नुपर्ने अध्यक्ष गौतमले औंल्याएका छन् । कोरियाले आणविक मिसाइल प्रयोग गर्ने भनी धम्क्याएकोमा आपत्ति प्रकट गर्दै उक्त निर्णय फिर्ता लिन नेपाल रिपब्लिक पार्टीका तर्फबाट अध्यक्ष गौतमले आग्रह गरेका छन् ।
दक्षिण कोरिया र संयुक्त राज्य अमेरिका दुवै नेपालका प्रजातान्त्रिक मित्रराष्ट्र हुन् भन्दै विज्ञप्तिमा उत्तर कोरियाको उक्त कदमले हाम्रा दुवै मित्रराष्ट्र र तिनका जनता मात्र होइन त्यहाँ रहेका नेपालीमा समेत तनाव बढाएको उल्लेख गरिएको छ । ‘दक्षिण कोरिया र संयुक्त राज्य अमेरिका जस्ता नेपालका घनिष्ठ मित्रराष्ट्र विरुद्ध लक्षित कुनै पनि निर्णय वा कामकारवाहीमा नेपाल र नेपाली जनता सधैंभरि उनीहरुका साथमा रहनेछन् भन्ने पनि नेपाल रिपब्लिक पार्टी स्पष्ट पार्न चाहन्छ’, विज्ञप्तिमा भनिएको छ । यसैबीच उक्त निर्णय फिर्ता लिई संयुक्त राज्य अमेरिकासँगको विवाद तथा असहमति वार्ताद्वारा समाधान गर्ने मार्गतर्फ अग्रसर हुन नेपालस्थित उत्तर
कोरियाली दूतावासमा अध्यक्ष गौतमले ध्यानाकर्षण पत्र बुझाएका छन् ।
नेपालका ठूला पार्टीहरूले उत्तर कोरिया र दक्षिण कोरियाबीचको तनावका समयमा मुख नखोलेका बेला नामै नसुनिएको पार्टी नेपाल रिपब्लिक पार्टिले भने हिम्मत गरेरै उत्तर कोरियालाई चेतावनी दिएको छ । नेपाल दक्षिण कोरिया र अमेरिकाको असल मित्र राष्ट्र भएको र उनीहरूमाथी आउने संकटलाई समाधान गर्न नेपाल र नेपाली जनता सदा साथमा रहनेछन् भन्दै उत्तर कोरियालाई थर्काएको छ । उत्तर कोरियाली दुतावासमा नै पुगेर उक्त व्यहोराको पत्र समेत बुझाएपछी उक्त पार्टीले उत्तर कोरिया नै गलत भएकोले आफूलाई सच्याउन चेतावनी दिएको हो ।

No comments :
Post a Comment