Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : चाउरीपना हटाउन यि ट्रिक अपनाउनुहोस

Tuesday, 23 April 2013

चाउरीपना हटाउन यि ट्रिक अपनाउनुहोस


उमेर बढ्दै जाँदा अनुहारको कोलोजन वा इलास्टिन नामक प्रोटिनको मात्रा कम हुँदै जान्छ जसका कारण अनुहारको ओसिलोपन हराउँदै जान्छ र अनुहार चाउरी पर्दै जान्छ । यस्तो अवस्था आउन नदिन केहि उपायहरु छन् –
GrapefruitGrapefruitताजा फलफूल र सागसब्जीको सेवन—अनुहारमा भएको चाउरीपनबाट बच्न ताजा फलफूल र सागसब्जी पर्याप्त मात्रामा खानुपर्छ । यसबाट भिटामिन ए, ई, बी र सी प्राप्त हुन्छ ।
भिटामिन इ ले कोषहरुलाई विकास गर्छ र अनुहारमा प्राकृतिक सुन्दरता बढाउँछ । यसबाट अनुहार चम्किलो देखिन्छ ।
धुमपान त्याग्ने—धुमपानले अनुहारलाई डल बनाउँछ । यसले अनुहारको टिस्युलाई नष्ट पार्छ । टिस्यु बनाउने प्रक्रियालाई पनि बाधा पु¥याउँछ । यसले गर्दा अनुहारमा रेखाहरु बस्न थाल्छन् । यदि तपाई कम उमेरको देखिन चाहनुहुन्छ भने धुमपानलाई त्याग्नुहोस् ।
तनाव नलिने—तनावलाई हटाउनुहोस् । तनावले अनुहार स्वस्थ हुनबाट रोक्छ ।
गुणस्तरहीन कस्मेटिक्सको प्रयोग नगर्ने—अनुहारसम्वन्धि जति पनि कस्मेटिक प्रोडक्सन प्रयोग गर्नुहुन्छ । त्यस्ता प्रोडक्सनमा अनुहारलाई पोल्ने किसिमका तत्व जस्तै—लेमनग्रास, लाइम, मेथल आदिबाट बच्नुहोस् ।
सूर्यको अल्ट्राभ्वाइलेट किरणबाट बच्ने—सुर्यको अल्ट्राभ्वाइलेन्ट किरणले अनुहारलाई असर गर्छ । त्यसैले अनुहारमा सनस्क्रिन क्रिम अथवा सनब्लक प्रयोग गर्न जरुरी हुन्छ ।
शारीरिक तौल नियन्त्रण गर्ने—आफ्नो तौल नियन्त्रण गर्नहोस् । बारबार तौल घट्ने र बढ्ने प्रकियाले अनुहारमा नराम्रो असर पार्छ । त्यसैले फेसियल एक्सरसाइज गर्नुपर्छ । यसले अनुहारलाई कसिलो बनाउँछ ।

No comments :

Get Widget