गजल (गरिब )
गरिब थिया विदेशको दमाम सहर आय
गरिबीले नै गर्दा आज धेरै सास्ती पाय
कस्तो हुन्छ जस्तो लाग्छ यो बिदेसी धर्ति
बालुवा बालुवा रैछा यहाँ धेरै दुखः पाय
मुटुभरी कल्पना को रहरहरु सजाउदै
पैसा कमाउने रहर बोकी यो ठाउँ मा आय
प्यारी तिमि मलाई संजी धेरै नरोउ है
तिम्रो कुरा नसुन्दा मा मैले यो सजाय पाय
मेरी आमा मलाई सम्झी धेरै नरुनु
साहुको ऋण तिर्न लाइ नै यो बिदेस मा आय
गरिब थिय विदेशको दमाम सहर आय
गरिबिले नै गर्दा आज धेरै सास्ती पाय
श्रीराम श्रेष्ठ
तनहुँ,, नेपाल
हाल - दम्माम साउदी अरबिया
मलाई यहाँ भेट्नु पनि सक्नु हुन्छ यहाँ जानुस
No comments :
Post a Comment