 २५ चैत, काठमाडौ । सरकारी स्वामित्वमा रहेको साझा संस्थानले शनिबारदेखी साझा बस सञ्चालनमा ल्याउने भएको छ । एक दशक भन्दा लामो समय बन्द रहेको साझा बस शनिबारदेखि काठमाडौं र ललितपुरका केही भागमा गुड्ने भएको छ ।
२५ चैत, काठमाडौ । सरकारी स्वामित्वमा रहेको साझा संस्थानले शनिबारदेखी साझा बस सञ्चालनमा ल्याउने भएको छ । एक दशक भन्दा लामो समय बन्द रहेको साझा बस शनिबारदेखि काठमाडौं र ललितपुरका केही भागमा गुड्ने भएको छ । शनिबारदेखी सञ्चालनमा ल्याइने सेवाका लागी अत्याधुनिक १६ वटा बस साझा कार्यालय हरिहरभवनमा ल्याइसकिएको छ । साझा बस दैनिक बिहान पाँच बजेदेखि राति ११ बजेसम्म बस सञ्चालन गरिने साझाले जानकारी दिएको छ । साझा बसको उद्घाटन प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका मुख्यसचिव लिलामणी पौडेलले शनिबार गर्नेछन् ।
साझा बसले अहिलेका सवारीले भन्दा स्तरिय सेवा दिने लक्ष्यसहित सेवा सञ्चालनको तयारी गरिरहेको जनाएको छ । साझाका अनुसार जम्मा बसमा ६० जना चालक र सहचालकहरु छनोट गरिसकिएको छ । साझाले महिला जनशक्तिलाई भएसम्म अवसर दिने भनेकाले ६ जना महिला सहचालकको पनि नियुक्ती गरिएको साझाले जनाएको छ ।
शनिवार उद्घाटन हुने र वैशाख एक गतेदेखि नियमित रूपमा दुई रूटमा सवारी चल्नेछ । कलंकी, कालिमाटी, त्रिपुरेश्वर, नयाँ बानेश्वर, सिनामंगल हुदै एयरपोर्ट र सातदोवाटो तथा जावलाखेल, त्रिपुरेश्वर, जमल, लैनचौर, टिचिङअस्पताल, महाराजगन्ज हुदै नयाँ बसपार्क (गोंगबु) दुई रूट अहिले स्विकृत भैसकेको छ ।
साझाले अहिले कागजी टिकटको रूपमा सेवा दिन थालेको निकट भविष्यमा 'मोबाइल पे सिष्टम' र विद्युतिय टिकटको पनि सोधखोज गरिरहेको जनाएको छ । सबेरैदेखि रातीसम्म सवारी गुडाउने भनेको साझाले सिसिक्यामेराका अतिरिक्त सुरक्षाका लागि प्रहरीसँग छलफल समेत गरिरहेको बताइएको छ ।
साझाले आफ्नै लगानीमा प्रति बस ३३ लाख ३६ हजारमा लागत परेको बताएको छ । साझाका अनुसार सबै बसमा एउटा भित्र छिर्ने र एउटा बाहिर झर्ने ढोका छन् । साथै १५ यात्रु उभिएर यात्रा गर्न सक्ने व्यवस्था छ । दुवै ढोका चालकले नियन्त्रण गर्न सक्नेछन्।
 
 
 
 
No comments :
Post a Comment