एप्पपले माग्यो चीनसँग माफी
चीनीयाँ सञ्चारमाध्यमहरूमा विश्व ग्राहक दिवसदेखि सुरू गरिएको एक हप्ते अभियानमा चीनमा कम्पनीहरुले कसरी जनतालाइ झुक्याइरहेका छन् तथा ती कम्पनीहरु चीनमा कस्तो नीतिमा चलिरहेका छन् भन्ने विषयमा रिपोर्टहरू प्रस्तुत भएका थिए । उक्त रिपोर्टहरूमा एप्पलले चीनीयाँ जनतालाई भ्रम फैलाएको र ग्राहकलाई पनि उचित सुविधा नदिएको उल्लेख गरिएको थियो । यसरी रिपोर्टहरू आएपचि विभिन्न माध्यमहरूमा एप्पलको विरोधमा लेख, समाचारहरू प्रकाशित हुन थालेपछी एप्पलले आफ्नो विश्वको ठूलो बजारलाई धक्का पुग्ने सम्भावनालाई मध्यनजर गर्दै एप्पलका प्रमुखले सोमबार विज्ञप्ति नै जारी गरेर यसका लागि कम्पनीको तर्फबाट माफी मागेका थिए ।
रिपोर्टहरुमा एप्पलले आफ्ना उत्पादनमा मात्र १ वर्षको वारेन्टी दिने तर चीनीयाँ नियम अनुसार वारेन्टीको समय कम्तिमा दुई वर्षको हुने हुनाले पनि चीनमा एप्पलले ग्राहकलाई ठगिरहेको रिपोर्टहरू प्रकाशन तथा प्रशारण गरेका थिए ।
 
 

 
 
No comments :
Post a Comment