Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : समाचार

Wednesday, 3 April 2013

समाचार




२१ चैत, रौतहट ।  ।नेकपा माओवादीका महासचिब रामबहादुर थापा 'बादल' तराईका जिल्लामा आफ्ना  कार्यकर्तालाइ गोप्य प्रशिक्षण दिँदै गरेको स्रोतले जनाएको छ । बादललेमंगलबार रौतहटको चन्द्रनिगाहपुर र बाराको निजगढमाकार्यकर्तालाई प्रशिक्षण दिएको एक माओवादी कार्यकर्ताले बताएका छन्। तराईमा संगठन बिस्तार तथा पार्टीले गरेको आन्दोलनको रणनीति अनुसार प्रशिक्षण दिईएको एकजना माओवादीका नेताले जानकारी दिएका छन् । अति गोप्य रुपमा चन्द्रनिगाहपुरमा गरिएको राज्य स्तरको प्रशिक्षणमा भोजपुरा राज्य स्तरीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । लाहानबाट सुरु भएको मधेस क्षेत्रको गोप्य प्रशिक्षणमा आज बाराको पथलैयामा भएको स्रोतले जानकारी दिएको छ ।
गोप्य प्रशिक्षणमा सत्ता कब्जा, हिंसात्मक आन्दोलन, निर्वाचन बहिष्कार लगाएतका पार्टी रणनितिका बारेमा बताइएको  स्रोतले जनाएको छ। मधेशमा बादलको उपस्थिति नेकपा-माओवादी भित्रको पार्टी समिकरणका हिसावले पनि अर्थपुर्ण मानिएको छ।

No comments :

Get Widget