४ वैशाख काठमाण्डौ । पहिलो पटक प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकर गठनको माग राख्ने राप्रपा नेपाल प्रधानन्यायाधीश खिलराज रेग्मीको सरकार विरुद्ध आन्दोलनमा होमिने भएको छ । चुनावको मिति तोक्ने भन्दापनि सरकार आफ्नोआयु लम्बाउन लागेको भन्दै राप्रपा नेपाल आन्दोलनको तयारीमा लागेको हो ।
बुधवार दिउसो एकबजे अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष रेग्मीलाइ ज्ञापनपत्र बुझाइ आन्दोलनमा जाने तयारी गरेको राप्रपा नेपाल निकट स्रोतले बतायो । अविलम्ब चुनावको मिति तोक्न सराकरको ध्यानाकर्षण गराउन लागिएको राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङले जानकारी दिए । सामाजिक संजाल ट्वीटर मार्फत कमल थापाले चुनावको मिति घोषणा नगरिएको भन्दै आक्रोश पोख्दै आएका छन् ।
 
 
 
 
No comments :
Post a Comment