बैशाख, काठमाडौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) विश्व क्रिकेट लिग डिभिजन ३ को प्रतिस्पर्धाका लागी सबै टोलीको नामावली प्रकाशित गरेको छ । 
आगामी अप्रिल २८ देखि बर्मुडामा हुने प्रतियोगितामा नेपालले पहिलो खेल अमेरिकासँग खेल्ने भएको छ । नेपालले अमेरिकासहित युगान्डा, ओमान, बर्मुडा र इटालीसँग पनि छन् । 
डिभीजन ४ को प्रतियोगिताको उपाधी जित्दा अमेरिकालाई फाइनलमा पराजित गर्दै विजेताका रूपमा डिभीजन ३ का लागी छनोट भएको थियो । नेपालले पहिलो खेल अमेरिकासँग अप्रिल २८ मा खेल्दैछ भने २९ अप्रिलमा युगाण्डा, मे १ मा बर्मुडा, मे २ मा ओमान र मे ४ मा इटालीसँग प्रतिष्पर्धा गर्नेछ । प्रतियोगितामा शिर्ष दुई टोली डिभीजन २ मा उक्लेने मौका पाउनेछन् । 
नेपालले पारस खड्काको कप्तानीमा १४ सदस्यीय टोलीको यसअघि नै घोषणा गरिसकेको छ । नेपाली टोली अहिले प्रशिक्षण लागी भारतमा रहेको छ ।
 
नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
 
 
 
No comments :
Post a Comment