४ बैशाख, काठमाण्डौ । जन्मजात सम्पन्न हैन, टुप्पीबाट पलाएको मानिसले ४० बर्षको उमेरदेखि कमाउन थाल्ने हो भने १० बर्षको अबधिमा उसको आम्दानी कति होला ? करोड, अर्ब वा त्योभन्दा बढि । अनि नेपाल के त्यस्तो स्वर्ग हो जहाँ रातारात सुनको बषर्ा हुन्छ ? एक ब्यक्तिको आर्थिक उत्थानको यो अत्यासलाग्दो तस्वीर देख्नुभयो भने जिब्रो टोक्नुहुनेछ ।
प्रसङ्ग उनै अजेय सुमार्गीको हो, जसलाई एमाओवादी अध्यक्ष प्रचण्डका बिजनेस पार्टनरका रुपमा चिनिन्छ । १० बर्षअघिसम्म केही हैसियत नभएका उनै सुमार्गीको माइतीघरदेखि तीनकुनेसम्म तीन किलोमिटरको दुरीमा अथाह भौतिक सम्पत्ति जुटेको छ । माइतीघरको सुमार्गी कम्प्लेक्स, अलिपर कृष्ण टावरस्थित एनसेलमा सेयर, त्यसको ठ्याक्कै अगाडी अनमोल क्याटरिङ छेउ २० वटा गाडी पार्किङ हुने साढे चार रोपनी जग्गा र घर, बानेश्वर चोकैमा मुक्ति टावर, मिनभवन निजामति अस्पताल र नापी बिभागको छेउमा ८४ आना जग्गा, तीनकुनेमा भर्खरै कान्तिपुरका मालिक कैलाश सिरोहियासँग किनेको १ सय ८४ आना जग्गा, नेपाल स्याटेलाइट कम्पनीको स्वामित्व, रसुवामा कोरियनलाई वाईसिएलमार्फत् तर्साएर हत्याइएको हिमालयन अनटप मिनिरल वाटर कम्पनी, लाजिम्पाटमा प्रचण्ड बसेको १९ करोडको बिशाल बंगला, लण्डनस्थित रिसोर्टमा लगानी, सुर्खेतमा सिमेन्ट उद्योग, नजाने दृष्य/अदृष्य यस्ता कैयौं परियोजना । बानेश्वर क्षेत्रमा उनले किनेको जग्गाको औसत मोल आनाको ७० लाख पर्छ । कहाँबाट आयो यत्रो धन ? वा प्रचण्डको लगानी छ ? के सम्पत्ति सुद्धिकरणले खोजखवर गर्नुपर्दैन भन्दै बुधबार प्रकाशित जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
कुनै बेला सामाखुसीमा तीन कोठे फ्लाट लिएर बस्ने र आम्दानी हुने काम खोज्दै हिड्ने ब्यक्ति थिए अजेयराज पराजुली । त्यसपछि सव लिजमा हेटौंडा सिमेन्टलाई सामान ढुवानी गर्न थाले । पछि ज्ञानेन्द्रका ज्वाईं राजबहादुर सिंहको कम्पनी राज ग्रुपमा जागिरे भए । त्यसयता उनको परिचय बदलिएर अजेयराज सुमार्गी भएको छ ।
राजाको सक्रिय शासनकालमा राजबहादुरका पार्टनर बनेका सुमार्गी प्रचण्डको दबादबा चलेको गणतन्त्र प्रचण्डका बिजनेस पार्टनर बनेका छन ।
 
नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
Subscribe to:
Post Comments
                                      (
                                      Atom
                                      )
                                    
 
 
 
No comments :
Post a Comment