चीनमा शक्तिशाली भुकम्प, एकसय
भन्दा बढीको ज्यान गयो, वेइजिङ, वैशाख ७ ।
चीनको दक्षिणपश्चिमी सिचुवान
प्रान्तमा शक्तिशाली भुकम्प जाँदा ७२
जनाको ज्यान गएको छ । तर स्थानीय प्रशासनले
१ सय भन्दा बढी मानिसको ज्यान
गएको बताएको समाचारसंस्था सिन्ह्वाले जनाएको छ । उद्धारकार्य चलिरहेकाले ज्यान
गुमाउनेको यकिन संख्या आउन सकेको छैन ।
स्थानीय समय अनुसार बिहान ८ बजेर दुई मिनेट
जाँदा सिचुवानको याआन शहरको लुशान गाउँ
नजिक केन्द्र बनाई ७ रेक्टरस्केलको भुकम्प
गएको थियो । याआनबाट १ सय ४० किलोमिटर टाढा पर्ने
सिचुवानको राजधानी शहर चेङ्गदु तथा गुईझोउ,
गाङ्गसु, साङ्गसी र युन्नान
प्रान्तमा पनि स्थानीय बासिन्दाले २० सेकेन्ड
सम्म भुकम्पको झट्का महसुस
गरिएको बताएका छन् । भुकम्पमा परेकाहरुको उद्धारका लागि २ हजार
भन्दा बढी सैनिक,
उद्धारकर्र्मी तथा प्रहरी खटिएका छन् ।
चीनको सिचुवानमा सन २००८ मा ८
रेक्टरस्केलको भुकम्प जाँदा झण्डै ९० हजार
जनाको ज्यान गएको थियो ।

No comments :
Post a Comment