मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अति प्रतिकूल समय छ । स्वास्थ्यमा गडबडी भई दैनिक
कामकाजमा असर पर्ने योग छ । बढी खर्च र
यात्रा दुवैलाई नकार्न सकिन्न । अनाहकमा अरुले
गरेका गल्तीको पनि सजाय भोग्नु पर्ने अवस्था आउला ।
अनावश्यक यात्रा तथा गुप्त र मानसिक रोगले सताउन
सक्छ
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
हिजोआज राम्रै समय चल्दैछ । शुभसमाचारको आगमनले मन
प्रसन्न रहने छ । धेरथोर सामाजिक कामको लागि खर्च
गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ ।
नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज
त्यसका लागि अनुकूल समय आएको छ !
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
हिजोआज राम्रै समय चल्दैछ । आर्थिक
अवस्थामा दृढता आउने छ । जलसँग सम्बन्धित व्यवसाय
अपनाउन सके राम्रो हुनेछ । कृषि तथा कृषिजन्य
व्यवसायबाट यथेष्ट लाभ उठाउन सकिन्छ । सामाजिक र
पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिन
रमाइलो गरी बित्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । धर्मकर्ममा रुचि बढ्ने
योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । अरुबाट
तपार्इंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ ।
बोल्दा ख्याल गर्नुहोला । प्रशंसा,
बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । आज कुनै
अप्रत्याशित काम बन्ने योग छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज किसिमकिसिमका समस्यासित जुध्नु पर्ने
परिस्थिति छ । झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु
उचित हुनेछ । यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु
होला । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । दान
पुण्यको कार्य गर्नु होला, आम्दानीका मार्ग प्रशस्त
हुनेछन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ ।
आजको सानो प्रयासले रोजगारीको राम्रो अवसर हात
पर्न सक्छ । सरकारी जागिरेका लागि उपयुक्त समय
आएको छ, प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ ।
आज कुनै अप्रत्याशित काममा सहयोग गर्नु पर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवसायिक क्षेत्रमा भने कुनै फेरबदल हुँदैन, त्यस्तै
प्रतियोगितात्मक क्रियाकलापमा सफल भइने छ । तर
मध्याह्नपछि मानसिक उल्झनबाट मुक्ति हुनेछ ।
मनमा सकारात्मक सोच लिनु होला ।
आम्दानीमा कमी आउने छैन । पारिवारिक जीवन सामान्य
र सन्तोषप्रद रहने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज धार्मिक र सामाजिक काममा समय बित्ने दिन हो ।
आज दिनदुखीलाई दिएको सानो सहयोगले
तपाईंको रोकिएको काम बन्न सक्छ । पशुपालक र
दुग्धव्यवसायमा संलग्नहरुले मनग्ये लाभ प्राप्त गर्नेछन् ।
परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ
राम्रो हुनेछ !
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय राम्रो छैन । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ
। यतिबेला तपार्इंलाई नै भनेर कुनै ठूलो सहयोग सद्भाव
मिल्न कठिन छ । विचार गरेर काम गर्नुहोला ।
मनमा अशान्ति र छटपटी व्याप्त हुने छ, सचेत एवं
सावधान रहनु होला, खराब समय छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय राम्रो छ । प्रेममा सफलता प्राप्त हुने योग छ ।
सामान्य विवादले ठूलो रूप लेला तर पनि तपाईंकै विजय
हुनेछ । नआत्तिकन निर्वाह गर्नुहोला ।
सरकारी जागिरेका लागि उपयुक्त समय आएको छ, कतै
छोटो दुरीको विशिष्ट र लाभदायी यात्रा पनि हुन
सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मनमा अशान्ति र छटपटी व्याप्त हुने छ ।
विपरीतलिङ्गीप्रति आकर्षण बढ्नेछ, अचानक
भोगविलासमा तिर्सना जाग्नेछ ।
माया प्रेमको लागि खर्च हुने देखिन्छ । खानपिन, घुमघाम
एवं भेटघाटको बेला छ । बेलुकीपख चिताएका केही काम
बन्ने संकेत प्राप्त हुने सम्भावना छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज कुनै साहित्यिक तथा बौद्धिक काममा संलग्न हुने
बेला छ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ ।
तपार्इंले गरेका कामको प्रशंसा हुनेछ । आफूले प्राप्त
गरेको ज्ञान अरुलाई बाँड्ने बेला यही हो । इष्टमित्रले
पनि तपार्इंको प्रशंसा गर्नेछन् ।
 
 
 
 
No comments :
Post a Comment