बुटवल, वैशाख ७ – उनी मंगलबार दिउँसो बाख्रा चराउन जंगल गएकी थिइन् । जंगलबाट अबेला फर्केपछि साँझ ‘कपालमा लगाउने भिटामिन’ किन्न भनेर घरबाट निस्किइन् । ढिलासम्म पनि २१ वर्षीया छोरी नफर्केपछि राति आमा र भाइले गाउँका आफन्तहरूकामा खोजी गरे । नभेटेपछि साथीकहाँ गएको अड्कल काटे । तर उनी बलात्कारी युवाहरूको चंगुलमा फसेकी थिइन् । घरबाट ५ मिनेट पर पुगेकी नवलपरासीकी युवतीलाई बाटोबाटै रूपन्देही केरबानीका युवाले नियन्त्रणमा लिँदै लतारेर लगेका थिए । र, केरबानीमा उनीमाथि रातभर सामूहिक बलात्कार भयो । ती युवतीको अवस्था गम्भीर छ । शुक्रबार साँझसम्म पूर्ण होस आएको छैन । बुधबारदेखि उनको लुम्बिनी अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार पाठेघरको ३ दशमलव २ सेन्टीमिटर भित्रीभाग च्यातिएको छ । शल्यक्रिया गरी च्यातिएको पाठेघर सिलाइएको छ । घटनाको चार दिनसम्म रक्तस्राव रोकिएको छैन । शुक्रबारसम्म ३ पिन्ट रगत दिइएको चिकित्सकले बताए । उनी शारीरिक र मानसिक रूपमा विक्षिप्त छिन् । छिन-छिन होसमा आउने र लगत्तै बेहोस हुने गर्छिन् । उनलाई केरबानीमा लक्ष्मीटोल नजिक रातभर बलात्कार गरिएको थियो । आफ्नो होस छँदासम्म ६ जनाले बलात्कार गरेको त्यसपछि थाहा नपाएको युवतीले बताइन् । बिहान उज्यालो हुँदा आफू खेतमा पल्टिएको थाहा पाएपछि घसि्रएर सय मिटर टाढा सडकमा पुगेको उनले जानकारी दिइन् । प्रहरीका अनुसार घटनास्थल र उनी घसि्रएको स्थान रगताम्य छ । बुधबार बिहान ७ बजे रगताम्य र विक्षिप्त अवस्थामा सडकछेउमा बसेकी युवतीलाई गाउँका दुई महिलाले देखेका थिए । घटनामा संलग्न चार जनालाई पक्राउ गरेको डीएसपी राजकुमार बैदवारले बताए । एक जना फरार छन् । पक्राउ पर्नेमा केरबानी-१ का लालबहादुर छेत्री, अशोक विक, दाङका दिल्ली घम र कपिलवस्तुका विष्णु लोनिया छन् । उनीहरूले प्रहरीसमक्ष अपराध स्वीकारेका छन् । उनीहरूलाई अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखिएको छ । घटनामा संलग्नताको शंकामा प्रहरीले अन्य तीन जनालाई पनि पक्राउ गरी सोधपुछ थालेको बैदवारले बताए । घटनास्थल खेत र पोखरी खन्ने मजदुर बस्ने झुपडीबाट रगताम्य लुगा पनि प्रहरीले बरामद गरेको छ । रक्सी तथा बियरका खाली बोतल र चुरोटका ठुटासमेत भेटिएका छन् ।
नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
No comments :
Post a Comment