१७ वैशाख,काठमाडौ । प्रचण्ड चीन गए उनलाई चीनमा उनक खुब राम्रो स्वागत गरियो, प्रचण्ड र चीन बिचमा दुई-चार कुरा भए । प्रचण्डको चीन भ्रमण सफल भयो वा भएन ? चीनले प्रचण्डलाई के भन्यो ? यस विषयमा यहाँ लेख्न खोजिएको होइन् । यहाँ नेपालको छिमेकी देश भारतको वर्तमान अवस्था चित्रण गर्न खोजिएको हो ।
प्रचण्ड चीन गए उनले चीनसँग नेपाल र सम्भवत आफ्नै हितमा कुरा गरे होलान्, त्यही समयमै प्रचण्डको चीनबाट फर्के लगतै भारत भ्रमण जाने कार्यक्रम थियो ।
प्रचण्ड चीन रहँदा ताका नै चिनियाँ सेनाले भारतको लद्दाखमा छिरेर भारतीय भूमी कब्जा गर्न शुरू गरेको थियो । कम्तिमा भारतीय आँशुलाई साँचो मान्ने हो भने यसलाई अविश्वास गर्ने आधार छैन् ।
प्रचण्ड चीन रहँदा ताका नै चिनियाँ सेनाले भारतको लद्दाखमा छिरेर भारतीय भूमी कब्जा गर्न शुरू गरेको थियो । कम्तिमा भारतीय आँशुलाई साँचो मान्ने हो भने यसलाई अविश्वास गर्ने आधार छैन् ।
चिनियाँ सेना लद्धाख भित्र छिर्दै भारतीय भूमीमा सिमाबाट २० किलोमिटरसम्म भित्र छिर्यो । भारत रन्थरिएर बसेको थियो । सिमा मिँचिदाको पिडामा भारतका आँसु बग्दै गर्दा छिमेकमा उसको आँशु पुछिदिने कोही भएन् ? भारतको समस्यामा उसको चिर प्रतिद्धन्दी पाकिस्तानले चासो दिने त सवालै थिएन् । बंगलादेश र श्रीलंका पनि उसका हुने दिन उहिले बिदा भैसकेका थिए । 'फेक कन्ट्री' भुटानले केही बोल्नु र नबोल्नु को के अर्थ ? अब बाँकी रह्यो भारतको एउटै 'मित्र' नेपाल, नेपालका नेता प्रचण्ड।
यसै विषम परिस्थितिमा प्रचण्ड भारतको भ्रमणमा निक्लिए । बलात्कारबाट रन्थनिएको र केहि समय यता बलात्कारको पर्याय नै नयाँ दिल्लीले उनलाई चिसो मन राखेर स्वागत गर्यो । आफ्नो दुःख लुकाउन प्रत्येक साँझ भारतले इन्डियन प्रिमियर लिग(आईपिएल) हेर्ने नगरेको होइन् तर दुःखले यति गहिरो छ कि आइपिएलको ३ घण्टे मनोरञ्जनले लुकाउन सक्ने अवस्था छैन् । प्रचण्डले भारतमा सम्भव भएसम्मका सत्तारुढ देखि विपक्षी दलका नेता भेटे, केही उद्योगको भ्रमण गरे ।
भारतको दुःखाइ जारी नै थियो । प्रचण्डका बाबजुत भारत एक्लै पिडा भोग्दै थियो । प्रचण्डले भारतको पिडाका बारेमा एक शब्द बोलेनन् । प्रचण्डले इन्डियन काउन्सिल्स अफ वर्ल्ड अफेयर्समा भाषणल दिए कुरा नेपालकै मात्रै, भारतको पिडा उनले पटक्कै सम्वोधन गरेनन् ।
प्रचण्ड भारतमै रहँदा भारतको पिडा थप बढ्यो । वर्षौ देखी पाकिस्तानका जेलमा रहेका सर्वजित सिहंमाथी पाकिस्तानी जेलमा सांघातिक हमला भयो । हाल उनी जीवन मरणको लडाइ लड्दै छन् । भारतको दुखाइ अब पेन किलरले थाम्ने सम्मको पनि छैन । प्रचण्ड भारत घुमिरहे, नेताहरू भेटिरहे, शंका नगर्न भन्दै उनले आफ्नो पक्षमा लविङ गरिरहे । केबल एक शब्द, भारतको सुरक्षा चासोमा सम्वोधन गरिदिने कुरा गरे प्रचण्डले ।
प्रचण्ड भारतमै रहँदा भारत र चिनियाँ सेनाबीच फ्ल्याग मिटिङ जारी रहे । तीन चोटीसम्म फ्याग मिटिङका बाबजुद भारतलाई चीनले पटक्कै टेरेन । भारतको संसदसम्म निराशाबाट बच्न सकेनन् । वर्तमान सरकारका प्रधानमन्त्री मनमोहन सिंहकै राजीनामा मागियो ।
भ्रष्टचारले पनि भारत उस्तै ग्रस्त छ । कोलगेटमा काण्डमा विपक्षीले संसद रोकेपछि भारतीय सरकारमा असजिलोमा परेकै छ । त्यसैले भारतले प्रचण्डलाई मन खोलेर स्वागत र सत्कार गर्न सकेन की ?
एक हिसाबले भन्ने हो भने प्रचण्डको भारत भ्रमण भारतलाई पटक्कै फापेन र आउने अघिल्लो दिन चीनीयाँ सेनाले भारतीय भूमीमा थप सेना सहित टेन्ट खडा गरिदियो । यसपटक कुकुर समेत परिचालन गर्यो चीनले दौलत बेग ओल्डी क्षेत्रमा । टेन्ट बाहिर चीनीयाँ सेनाले टेन्टको बाहिर अंग्रेजीमा 'यु आर इन चाइनिज साइड' लेखेको ब्यानर राखेपछि भारत थप आतंक नै मच्चियो । तर, यी सब विकसित घट्नाक्रमप्रति प्रचण्डले बेखबर रहे ।
यसरी राजधानीमा महिला बलात्कार, सिमामा स्वाभिमानको बलात्कार, पाकिस्तानामा आशाको बलात्कारमा भारतलाई एक्लै रून छोडेर प्रचण्ड फर्कदै छन् ।
No comments :
Post a Comment