 १७ बैशाख,राजविराज । राजबिराज स्थित हरिनन्देश्वर महादेव मन्दिरमा बेलाबेलामा देखा पर्ने झन्डै ५ फिट लामो गोमन सर्पले सबैको ध्यान तान्ने गरेको छ । उक्त गोमन सर्पलाई हेर्नेको घुइँचो लाग्यो।
१७ बैशाख,राजविराज । राजबिराज स्थित हरिनन्देश्वर महादेव मन्दिरमा बेलाबेलामा देखा पर्ने झन्डै ५ फिट लामो गोमन सर्पले सबैको ध्यान तान्ने गरेको छ । उक्त गोमन सर्पलाई हेर्नेको घुइँचो लाग्यो।वितग १० वर्षदेखि सो सर्प मन्दिरभित्र र आसपास देखिने गरेको मन्दिरका मूल पुजारी राजेश्वर भारतीले बताए । असामान्य लम्बाइ, मोटाइ र अनुहार भएको सो सर्प रात परेपछि कहिलेकाहीं महादेवको शिवलिड्डमा बेरिएर बस्ने तथा एकाबिहानै मन्दिरभित्रै रहेको दुलोमा पस्ने गरेको पुजारी भारतीले बताए ।
मूल पुजारी भारतीकी श्रीमती विमलाले मन्दिरको ढोका खोल्दा सो सर्पलाई देखेपछि सञ्चारकर्मीलाई खबर गरेकी थिइन् । फोटो खिच्दाखिच्दै सो अद्भुत सर्प दुलामा छिरेको थियो ।
विगत १० वर्षदेखि मन्दिरमा पटकपटक देखिने गरेको सो सर्पले भने हालसम्म कसैलाई पनि कुनै क्षति नगरेको उनले बताइन्। ‘विगत १० वर्षदेखि देख्दै आएकी छ’, उनले भनिन्– ‘अहिले पनि जस्ताको त्यस्तै रहेछ।’
अन्य सर्पको तुलनामा यसको टाउको अद्भुत छ –उनले भनिन् । धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण मानिएको सो मन्दिरमा देखिने यो सर्प देवताकै अर्को रूप रहेको भन्दै स्थानीयबासीले हेर्नेबित्तिकै टाढैबाट भए पनि हात जोडेर श्रद्धा व्यक्त गर्ने गरेका छन् ।
 
 
 
 
No comments :
Post a Comment