१७ वैशाख, विराटनगर । नेपाल भारत मैत्री युवा सङ्घ मोरङले विराटनगरस्थित भारतीय सरकारद्धार स्थापना गरिएको भारतीय राजदूतावासको विराटनगर कार्यालय नहटाउन माग गर्दै मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापनपत्र पठाएको छ।
सङ्घले आज मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई एक ज्ञापनपत्र पठाउँदै चार वर्ष अगाडि स्थापना भएको सो कार्यालयबाट उद्योगी, व्यवसायी, शैक्षिक एवम् सामाजिक क्षेत्रमा धेरै सहयोग पुग्ने भएको दाबी गरिएको छ। संघले उकल्त कार्यालय नहटाउन र त्यसैलाई निरन्तरता दिनुपर्ने माग राखिएको छ। 
भारतको 'उक्साहट'मा राखिएको यो मागलाइ कतिपयले भने मन्त्रीपरिषद अध्यक्ष तथा सरकारलाई गरिएको थर्काइको रुपमा व्याख्या गरेका छन।
भारतको 'उक्साहट'मा राखिएको यो मागलाइ कतिपयले भने मन्त्रीपरिषद अध्यक्ष तथा सरकारलाई गरिएको थर्काइको रुपमा व्याख्या गरेका छन।
सङ्घका अध्यक्ष मोहम्मद नसरुलको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत अध्यक्ष रेग्मीलाई सो ज्ञापनपत्र पठाएको हो ।
भारतिय राजदूतावासको विराटनगरस्थित कार्यालय हटाउन पर्ने भन्दै केही दिन अघि नेकपा-माओवादीले नहटे लेखेटदिने चेतावनी दिएको थियो।
 
 
 
 
No comments :
Post a Comment