
चैत्र ७, सफ्टवेयर उत्पादन गर्ने कम्पनी हेवेल्ट पेकार्ड (एचपी) ले आफ्नो बिजनेस ट्याबलेट एचपी एलिटप्याड 900 लाइ भारतीय बाजरमा सार्वजनिक गरेको छ । 
कम्पनीले एलिटप्याड त्यस्ता बिजनेस यूजर्सलाइ ध्यानमा राखेर ल्याएको जनाएको छ, जसले एप्पलको आइप्याड यूज गर्दछन् । एचपीले एलिटप्याडमा कम्प्यूटर र ट्याबलेट दुबैको फीचर्सलाइ एकै साथ दिने कोशिश गरेको छ ।
एचपीले ट्याबलेटलाइ दुइ प्रकारको मेमोरी अप्शन 32GB र 64GB स्टोरेज क्यापेसिटीमा प्रश्तुत गरेको छ । 32GB स्टोरेज क्यापेसिटी भएको एलिटप्याडको मूल्य ४३००० भारू तथा 64GB को मूल्य ४९,२०० रूपैयाँ रहेको जनाएकत्र छ ।
यस ट्याबलेटमा विन्डोज 8 अपरेटिङ सिस्टम राखिएको छ । यस एचपीको ट्याबलेटमा 10.1 इन्चको डिस्पले रहेको छ । यसको तौल ६३०  ग्राम रहेको छ ।
 
 
 
 
No comments :
Post a Comment