Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : मनीषाका ससुराले तिरेनन् एक करोड भाडा

Thursday, 21 March 2013

मनीषाका ससुराले तिरेनन् एक करोड भाडा

मनीषाका ससुराले तिरेनन् एक करोड भाडा
======================

८ चैत, काठमाण्डौं । अभिनेत्री मनीषा कोइरालाका ससुरा सुरेन्द्रप्रसाद दाहालले काठमाण्डौं महानगरपािलकाको एक करोड भाडा नतिरेको पाइएको छ । पुरानो बसपार्कस्थित सिटी मार्केट भाडामा लिएका दाहालले बारम्बार ताकेता गर्दा पनि महानगरलाई भाडा नतिरेका हुन् । उनले एक करोड रुपैयाँ भाडा नतिरे पनि कामनपाले भने सम्झौता नवीकरण गरेको छ ।

सम्राट दाहालका पिता सुरेन्द्रले सिटी मार्केटका व्यापारीसँथ भाडा उठाउने तर महानगरलाई भने नतिर्ने गरेको महानगर स्रोतको भनाई छ । महानगरले उनलाई सबै भाडा तथा राजस्व पूरा रुपमा तिर्न एक महिने सूचना पनि जारी गरेपछि गत साता तीस लाख बुझाएको कामनपा राजस्व महाशाखाले जनाएको छ । जरिवानाबाहेक नै उनले तिर्न बाँकी करिब एक करोड रहेको महानगर स्रोतलाई उदृत गर्दै नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

ठेकेदार दाहालले भने सिटी मार्केटभित्र व्यापारी गुट/उपगुट बनाएको र आफुलाई भाडा नदिने गरेको महानगरलाई गुनासो गर्दै आएका छन् ।

No comments :

Get Widget