Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : राष्ट्रसंघ उपमहासचिवले समायोजनमा रहेका पूर्व लडाकूलाई भेटे

Wednesday, 20 March 2013

राष्ट्रसंघ उपमहासचिवले समायोजनमा रहेका पूर्व लडाकूलाई भेटे


७ चैत, काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका राजनीतिक मामिलासम्वन्धी उप महासचिव जेफ्री फेल्टम्यानले नेपाली सेनामा समायोजनका लागि तालिमरत पूर्व लडाकूहरुसँग भेटवार्ता गर्नु भएको छ ।
फेल्टम्यानले सैनिक प्रतिष्ठान खरिपाटी पुगेर अधिकृत क्याडेट समायोजन आधार तालिममा सहभागी पूर्व लडाकूहरुसँग कुराकानी गर्नु भएको हो । उहाँले तालिमरत पूर्व लडाकूहरुलाई अन्य विकल्पहरु रहंदा रहंदै समायोजन रोज्नुका कारण र तालिमको अनुभवबारे जिज्ञासा राख्नु भएको थियो ।
pic
जवाफमा पूर्व लडाकूहरुले राष्ट्र र जनताको सेवा गर्ने अमूल्य अवसरको रुपमा सैनिक सेवा रहेको र तालिम अकल्पनिय रुपमा स्तरिय, सकारात्मक र ज्यादै सौहार्दपूर्ण वातावरणमा संचालन भईरहेको प्रतिक्रिया दिएका छन् ।
राष्ट्रसंघका उप महासचिव फेल्टम्यान र प्रधानसेनापति गौरव शम्शेर जबराबीच भेटवार्ता पनि भएको छ ।
भेटमा उपमहासचिवले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि राष्ट्रसंघीय मिशनहरुमा फौज पठाई पुर्‍याएको योगदानप्रति धन्यबाद व्यक्त गर्दै भविष्यमा यसको निरन्तरताको अपेक्षा गर्नु भएको थियो । शान्ति प्रक्रियाको व्यवस्थापन तथा लडाकू समायोजनमा तटस्थ भुमिका निर्वाह गरी शान्ति प्रक्रियालाई सहज र सकारात्मक तवरले टुंङ्गोमा पुर्‍याउन सेनाले खेलेको तटस्थ भुमिका र योगदानप्रति उप महासचिवले आभार व्यक्त गर्नु भएको थियो ।

No comments :

Get Widget