ज्योतिष भन्छन्-रेग्मीको शपथ नै अशुभ 'स्वतन्त्र भएर काम गर्न सक्दैनन्'
१ चैत, काठमाडौं । शपथ ग्रहणसँगै सडकबाट बिरोधको स्वर सुन्न र सहन बाध्य भएका मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको कार्यकाल पनि शुभ नरहेको ज्योतिषले बताएका छन् । शपथको बेला र समयले कार्यकाल फलदायी नभएको ज्योतिष गोविन्दप्रसाद दुवाडीले बताउनुभयो ।
‘अहिले शुक्र अस्तको बेला यसै पनि अशुभ मानिन्छ’ दुवाडीले अनलाइनखबरसित भन्नुभयो-’त्यसमाथि बिहान ९:३० देखि १० बजेसम्मको समयमा लग्न वृष र लग्न स्वामी शुक्रअस्त रहेकाले शुभ फल देखिँदैन ।’
श्पथ उद्वेगको बेला परेकाले उद्विघ्न चिन्तनका कारण हृदयविदारक अवस्थाले काम गर्नुपर्ने उहाँले बताउनुभयो । चन्द्रमा पापकर्तरीमा रहेकाले रेग्मीले सधैं ट्रयाकमा रहेर काम गर्नुपर्ने ज्योतिषको भनाई छ ।
‘उहाँलाई राजनीतिक दलहरुको असहयोगसँगै घरपरिवारबाट पनि कचकच भैरहन्छ’ ज्योतिष दुवाडीले भन्नुभयो -’वृष लग्नले कुम्भ नवमाम्सा हुने भएकाले रेग्मीको कार्यकाल राम्रो देखिँदैन, गरेका काम ढिलो सफल हुन्छ ।’
शत्रृगृही वृहस्पति लग्नमा रहेकाले सधैं शत्रु लाग्ने र स्वतन्त्र भएर काम गर्ने अवस्था पनि नदेखिएको ज्योतिषले बताएका छन् ।
 
 
 
 
No comments :
Post a Comment