Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : एसएलसी दिएर बाहिर निस्केकी छात्राको बसले ठक्कर दिँदा मृत्यु

Thursday, 14 March 2013

एसएलसी दिएर बाहिर निस्केकी छात्राको बसले ठक्कर दिँदा मृत्यु



एसएलसी दिएर बाहिर निस्केकी छात्राको बसले ठक्कर दिँदा मृत्यु



राजविराज, चैत १ - पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कठनौमा आज एसएलसी परीक्षा दिएर परीक्षा केन्द्र बाहिर निस्केकी एक परीक्षार्थीको सडक दुर्घटनामा परी मृत्यु भएको छ। सप्तरीको बुद्धिलाल विद्या मुनर उच्च मावि बडहरी भगवतपुर परीक्षा केन्द्रवाट अङ्ग्रेजी विषयको परीक्षा दिएर डेरातर्फ जाँदै गरेकी सप्तरीको बनरझुला-६ की १६ वर्षिय शशीकुमारी चौधरीको सडक दुर्घटनामा परी मृत्यु भएको हो। उनी मावि बनरझुलाबाट एसएलसीमा सहभागी भएकी थिइन्। पूर्व पश्चिम राजमार्गस्थित सप्तरीको कठौना सडक खण्डमा पूर्ववाट पश्चिम तर्फ गईरहेको ना ४ ख २११६ नम्वरको यात्रुबाहक बसले परीक्षार्थी चौधरीलाई ठक्कर दिएको थियो। बसको ठक्करवाट घटना स्थलमै चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। यता सहपाठीको मृत्यु पश्चात आक्रोशित विद्यार्थीहरुले ठक्कर दिने बसलाई तोडफोड गरेका छन्। घटनास्थलबाट प्राप्त जानकारी अनुसार विद्यार्थीहरुले पूर्व पश्चिम राजमार्गसमेत अवरुद्ध पारेका छन्। १९ जना परीक्षार्थी 'एक्सपेल्ड' एसएलसी परीक्षाको पहिलो दिन सप्तरीमा १९ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको जिल्ला शिक्षा अधिकारी रुद्रहरी भण्डारीले जनाएका छन्। जिल्लाबाट खटिएको मोबाइल टोलीले विभिन्न ग्रामिण परीक्षा केन्द्रहरुवाट अमर्यादित क्रियाकलापमा संलग्न परीक्षार्थीहरुलाई एक्सपेल्ड गरिएको जिशिअ भण्डारीले बताए। उनका अनुसार सप्तरीको उच्च मावि कुशहा परीक्षा केन्द्रमा ५ जना, उमावि सिस्वा वेल्हीमा २ जना, उमावि कल्याणपुरमा ८ जना, वडहरीभगवतपुरमा २ जना र इनरवाफुलवडिया परीक्षा केन्द्रमा २ जना गरी १९ जनालाई पहिलो दिन नै एक्सपेल्ड गरिएको हो। 

No comments :

Get Widget