तालाचाबी अझैसम्म दलकै हातमा छः बाबुराम
चुनावका लागि ९० दिन पर्याप्त
१ चैत, काठमाडौं । निवर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्राईले खिलराज रेग्मीको नेतृत्वमा दलहरुले नै सरकार बनाएकाले अहिले पनि ताला चाबी दलहरुकै हातमा रहेको बताउनुभएको छ ।
baburam bhattarai
बाधा अड्काऊ आदेशको २४ नम्बर बुँदामा यो सरकार असफल भए या अर्को चुनावको मिति सार्नुपर्ने अवस्था आए दलहरुले नै निर्णय गर्ने उल्लेख छ, त्यसैले संविधानतः र व्यवहारतः अहिले पनि चालाचाबी दाहरुको हातबाट अन्त गएको छैन । ‘- सानेपास्थित आफ्नै निवासमा बिहीबार बेलुका आयोजित पत्रकार सम्मेलनमा भट्टराईले बताउनुभयो । सरकारमा १८ महिना १८ दिन रहँदा आफूले गरेका कामबारे पत्रकारलाई जानकारी गराउन आयोजित कार्यक्रममा उहाँले भन्नुभयो-’दलहरुले सहमति गरेर यो सरकार बनाएको हो, बाहिर गएर होइन ।’
तर, आगामी असारमा चुनाव हुन नसके लोकतन्त्र खतरामा पर्न सक्ने भट्टराईको कथन थियो । ‘असारमा चुनाव गर्न सकिन्छ र गर्नुपर्छ, असारमा चुनाव हुन नसके लोकतन्त्र खतरामा पर्न सक्छ ।’ उहाँले भन्नुभयो ।
भारतमा ४५ देखि ६० दिनमा चुनाव हुने गरेको उदाहरण दिँदै उहाँले भन्नुभयो- ‘९० दिनमा चुनाव गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । भारतमा ४५ देखि ६० दिनमा चुनाव हुने गरेको छ, भेनेजुएलामा १ मनिामा चुनाव भएको थियो । त्यसैले हामी असारमा गर्न सक्छौं ।
संसारमा काम चलाउ सरकारकै नेतृत्वमा चुनाव हुने गरेको र नेपालमा पनि आफ्नै नेतृत्वमा चुनाव गरिएको भए उत्तम हुन्थ्यो भन्दै भट्टराईले यहाँ लोकतन्त्रको फरक ढंगबाट अभ्यास भएको बताउनुभयो । ‘दलहरुले सहयोग नगरेको र राष्ट्रपतिले बाधा अड्काउ सम्बन्धी आदेश र अध्यादेशहरु जारी नगरिदिएकाले मेरो नेतृत्वमा चुनाव हुन सकेन ।’-भट्टराईले भन्नुभयो ।
तर, अहिले दलहरुवीच एकअर्काका दोषरोपण गरेर चुनावको वातावरण बिथोल्नुभन्दा सबैले चुनावका लागि सरकारलाई सहयोग गर्नुपर्ने भट्टराईले बताउनुभयो । ‘निर्वाचनका लागि ९० दिन पर्याप्त छ, चुनाव हुन्छ, गर्नुपर्छ । हामीले आपसी मतभेद बिर्सेर चुनावमा होमिनुको विकल्प छैन ।’
पत्रकारहरुसँग राजनीतिक विषयमा भन्दा पनि मुलुकको आर्थिक संवृद्धि कसरी गर्न सकिन्छ भन्नेबारे बढी समय खर्चिनुभएका भट्टराईले १० वर्षमा नेपालीको प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर बनाउने आफ्नो लक्ष्य रहेको बताउनुभयो । साथै युवाहरुलाई बेरोजगार भत्ता दिने विधेयक तयार पारिएको तर, संसद नभएकाले पारित हुन नसकेको उहाँको तर्क थियो ।
आफ्नो कार्यकालमा गरिएका कामहरुबारे वर्णन गर्नुभएका भट्टराईले आफू सरकारमा गएको पर्सिपल्ट माओवादीका हतियार विशेष समिति अन्तरगत ल्याएको र सरकारबाट बाहिरिनुभन्दा अघिल्लो दिन लडाकुको दर्जामा सहमति भएको बताउनुभयो । ‘मेरो कार्यकालमा भएका कामबारे आजै एउटा किताव प्रकाशित भएको छ, त्यसलाई अध्ययन गर्न सक्नुहुन्छ ।’ डेढसय पृष्ठको पुस्तक देखाउँदै उहाँले भन्नुभयो । नेपाल सरकारका तर्फबाट प्रकाशित उक्त पुस्तकको शीर्षक ‘प्रधानमन्त्री डा. बाबुारम भट्टराईको नेतृत्वमा गठित संयुक्त सरकारका प्रमुख काम र उपलब्धी’ रहेको छ । पुस्तकको प्रकाशक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रहेको छ ।
सानेपास्थित आफ्नो पुरानो डेरा रहेको घरमा सर्नुभएका भट्टराईले पटाङ्गनिीमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा पत्नी हिसिला यमी, सल्लाहकार देवेन्द्र पौडेल र सहयोगी नेता गंगानारायण श्रेष्ठ र फणीन्द्र देवकोटासमेतको सहभागिता थियो । राजीनामा नदिई र देशवासीलाई सम्बोधन नगरी बाहिरिनुभएका निर्वतमान प्रधानमन्त्री भट्टराईले आफ्नो कार्यकालमा सहयोग गर्ने राष्ट्रसेवक कर्मचारी र अन्य सबैलाई धन्यावाद समेत व्यक्त गर्नुभयो । उहाँले आफूले खिलराज रेग्मीलाई उत्तराधिकार सुम्पेको बताउनुभयो ।

No comments :
Post a Comment