नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : अन्ततः खिलराज ३६ औं ‘प्रधानमन्त्री’ ! भारतमा आइए पढेका रेग्मी चीन जान बाँकी
नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
अन्ततः खिलराज ३६ औं ‘प्रधानमन्त्री’ ! भारतमा आइए पढेका रेग्मी चीन जान बाँकी
अन्ततः खिलराज ३६ औं ‘प्रधानमन्त्री’ ! भारतमा आइए पढेका रेग्मी चीन जान बाँकी
१ चैत, काठमाडौं । विसं २००६ साल जेठ १८ गते पाल्पा जिल्लाको पोखराथोक- ६ मा जन्मनुभएका ६३ वर्षीय खिलराज रेग्मी नेपालको अन्तरिम चुनाबी मन्त्री परिषद्को अध्यक्ष (प्रधानमन्त्री) बन्ने भाग्यमानी न्यायमूर्ति ठहरिनुभएको छ । रेग्मी नेपालको ३६ औं प्रधानमन्त्री एवं सरकार चलाउने पहिलो प्रधानन्यायाधीशका रुपमा इतिहासमा आफ्नो नाममा लेखाउन लगभग सफल हुनुभएको छ । यद्यपि उहाँको पद ‘प्रधानमन्त्री’ नभई अध्यक्षमात्रै रहने छ । रेग्मीले बिहीवार बिहान राष्ट्रपति रामबरण यादवबाट पद तथा गोपनियताको सपथ लिनुभएको छ । पत्नी शान्ता र तीन सन्तानका अभिभावक रेग्मीले भारतको उत्तरप्रदेशबाट सन् १९६६ आइए उत्तीर्ण गर्नुभएको हो । त्यसपछि रेग्मीले त्रिभुवन विश्वविद्यालयबाट सन् १९६८ मा बीए, १९७० मा बीएल र १९७२ मा मानविकी संकायमा एमएसम्मको अध्ययन पूरा गर्नुभएको छ । रेग्मीको घर प्रवचनमार्ग, काठमाडौंमा रहेको छ । उहाँको घर नं १८२/१५ हो । प्रधानन्यायाधीश भएपछि दुईवर्ष अघिदेखि उहाँ बालुवाटार बस्दै आउनुभएको छ ।
नेपाली अंग्रेजी र हिन्दी भाषामा दक्ष रेग्मीले सन् १९७२ मा शाखा अधिकृतबाट सरकारी सेवा प्रारम्भ गर्नुभएको हो । न्यायसेवा प्रवेशको दुईवर्षपछि सन् १९७४ मा उहाँ जिल्ला न्यायाधीश बन्नुभयो भने त्यसको ११ वर्षपछि सन् १९८५ मा सर्वोच्च अदालतमा राजपत्रांकित प्रथम श्रेणीको उप-रजिष्ट्रार बन्नुभयो । ६ वर्ष उप-रजिष्ट्रारमा काम गरेपछि सन् १९९१ बाट उहाँ पुनरावेदन अदालतको न्यायाधीश बन्नुभयो र त्यसको पाँचवर्षपछि १९९६ देखि पुनरावेदन अदालतको मुख्य न्यायाधीशको जिम्मेवारी सम्हाल्नुभयो ।
सन् २००३ देखि सर्वोच्च अदालतमा न्यायाधीश बन्नुभएका रेग्मी ८ वर्षपछि सन् २०११ मा प्रधानन्यायाधीश बन्नुभएको हो । प्रधानन्यायाधीशको कार्यकाल सकिन लगभग २ वर्ष बाँकी छ ।
सन् १९८१ मा गोरखा दक्षिण बाहु चौथोबाट सुशोभित हुनुभएका रेग्मीले सन् १९९० मा गोरखा दक्षिण बाहु तेस्रो र सन् २००० मा त्रिशक्तिपट्ट तेस्रो पदक प्राप्त गर्नुभएको छ । सन् २०१२ मा उहाँले इन्टरनेशनल जुरिस अवार्ड प्राप्त गर्नुभएको छ ।
अन्तरिम चुनावी मन्त्री परिषद्का अध्यक्ष बन्ने सौभाग्य पाउनुभएका रेग्मीले अमेरिका, क्यानडा, ब्राजिल, इटाली, बेल्जियम, फ्रान्स, नेदरल्याण्ड, स्वीटजरल्याण्ड, फिनल्याण्ड, डेनमार्क, स्वीडेन, जापान, दक्षिण कोरिया, इन्डिोनेसिया, सिंगापुर, मलेसिया, थाइल्याण्ड, भुटान र भारतको भ्रमण गर्नुभएको छ । तर, उहाँले अहिलेसम्म छिमेकी चीनको भ्रमण गर्न भ्याउनुभएको छैन । यद्यपि उहाँ हंगकंगसम्म पुग्नुभएको छ ।
आचार संहिता बनाउने आफैं
सन् २००८ मा तयार पारिएको न्यायाधीशहरुको आचारसंहितामा रेग्मीको महत्वपूर्ण योगदान रहेको छ । सो आचारसंहिता निर्माण गर्ने समितिको उहाँ संयोजक हुनुहुन्थ्यो । आफूविरुद्ध अदलातमा परेको मुद्दा विचाराधीन रहेकै अवस्थामा उहाँ सरकारको नेतृत्व सम्हाल्न तयार देखिनुभएको हो ।
No comments :
Post a Comment