उपत्यकाका सबै गाविस नगरपालिका हुने
५ चैत, काठमाण्डौं । सरकारले थप नगरपालिका घोषणा गरी काठमाण्डौं उपत्यकालाई गाविसविहीन बनाउने तयारी गरेको छ । आइतबार बसेको ‘नगरक्षेत्र निर्धारण सिफारिस समिति’को बैठकले काठमाण्डौं, भक्तपुर र ललितपुरका सबैजसो गाविसलाई क्लस्टर (क्षेत्र) तोकेर नगरपालिका घोषणा गर्ने निर्णय गरेको हो ।
बैठकले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको नगरपालिका व्यवस्था महाशाखाका प्रमुख तथा सहसचिव रेश्मीराज पाण्डेको संयोजकत्वमा अध्इयन कार्यदल गठन गरेको छ । समितिमा नेपाल नगरपालिका संघ, उपत्यका विकास प्राधिकरण, सम्बन्धित जिल्ला विकास अधिकारी संलग्न रहनेछन् ।
बैठकले उपत्यकातर्फ फर्किएका पहाडी गाविसलाई समेत समेट्ने गरी नगरपालिकालाईसमेत समेट्ने गरी नगरपालिका बनाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दिनेश थपलियाले बताए । उनका अनुसार काठमाण्डौं उपत्यकाभित्रका पाँच वटा नगरपालिकासँग गाविस गाभ्ने वा छुट्टै नगरपालिका बनाउने भन्ने विषयमा भने निर्णय हुन बाँकी रहेको छ । नगरपालिका गाभ्ने वा छुट्टै बनाउने विषयमा अध्ययन जारी रहेको कारोबार दैनिकमा खबर छ ।

No comments :
Post a Comment