हजार रुपैयाँ नपाएको झोंकमा एकै परिवारका तीन जनाको हत्या
सङ्खुवासभा, ४ चैत । सङ्खुवासभाको जलजला-२ का सलबहादुर गुरुङले पाँच हजार रुपैयाँ नपाएको झोंकमा एकै परिवारका तीन जनाको हत्या गरेको खुलेको छ ।
गुरुङ आफैले ऋण नपाएकोले जलजलाको तेर्सेमा एकै परिवारका तीन जनाको हत्या गरेका स्वीकार गरेका हुन् ।
गुरुङलाई प्रहरीले शनिबार सार्वजनिक गरेको छ । विशेष सुराकीको आधारमा गुरुङको घरका छापा मार्दा प्रहरीले रगत लतपतिएको ट्राउजर, भेष्ट र खुर्पा बरामद गरेको थियो ।
ईलाका प्रहरी कार्यालय, चैनपुरबाट खटिएको प्रहरी टोलीले गुरुङ्गलाई सुनसरीको धरानबाट पक्राउ गरेको थियो ।
उनले फागुन १४ गते राती ६२ बर्षीया लक्बुटी शेर्पा, शेर्पाकै १५ वर्षीय नाती दावा र ९ बर्षकी नातिनी अप्सराको हत्या गरेका थिए ।
स्रोत: अर्घाखाँचीओनलाइन डटकम
 
 
 
 
No comments :
Post a Comment