सात बर्षकी बालिकाले पाल्छिन आमा र बहिनी
========================
५ चैत, दाङ । सात बर्षकी सरिता थापा असिनपसिन हुँदै
कटुवा खोला छेउमा झोलाभरि ढुंगा बोक्छिन् र आमा छेउ
पुर्याउँछिन् । आमा कमला सकी नकसी तिनै ढुंगा फोडेर
गिट्टी बनाउँछिन् । कमलाका खुट्टा चल्न छोडेको ४ बर्ष
भयो । श्रीमान तुलाराम एक रात कमला र २ छोरीलाई
छाडेर भागे । अनि ठूलो सन्तानका हैसियतले आमा र
बहिनी पाल्ने जिममेवारी सरिताको काँधमा आयो ।
‘दुई बर्ष अघि असारको एक रात,
भरी बषिर्रहेको थियो । सँगै सुतेका श्रीमान बिहान
उठ्दा थिएनन् । सोधीखोजी गरेँ, कतै भेटाउन सकिनँ,’
कमलाले भनिन् ‘खुट्टा नचल्ने भएकाले टाढा जान सकिने ।
आफ्नो भन्ने न कोही मान्छे त न घरजग्गा ।’
लत्रँदै खोलामा पुग्यो अनि गिट्टी कुट्यो । ‘तर
बोराको चामल सकिइसक्दा पनि एक टि्रप
गिट्टी पुगिसकेको हुँदैन्’ लामो सुस्केरा हाल्दै कमलाले
भनिन्, ‘६ सय रुपैयाँ कोठा भाडा छ ।
समयमा भाडा नतिरे कोठाबाट हटाउँछन् ।’
लट्ठी टेकेरमात्रै केही हिँडडुल गर्न सक्ने
कमला गिट्टी कुट्ने ठाउँ र कोठासम्ममात्र आवत जावत
गर्छिन् ।
आमाले कुनै काम गर्न नसकेपछि पानी ल्याउने,
दाउरा जुटाउने, अनि पसलसम्म गएर नुन तेल किन्ने
साहरा सात बर्षकी छोरी सरिता भएकी छन् ।
काखमा रहेकी तीन बर्षकी मनीषा र
साहारा बनेकी सरितालाई देखेरमात्रै उनलाई बाँच्ने
सहारा भएको छ । ‘एक्लै भएको भए बाँच्नु पर्ने थिएन्,’
निरास हुँदै उनले भनिन् ।
आफ्नो उपचारका लागि अस्पताल गए पनि डाक्टरले
एमआरआई गर्नुपर्छ त्यसका लागि ९ हजार लाग्छ
भनेपछि पैसा नभएकाले आफु कुनै अस्पताल नगई रोग नै
पालेको गुनासो कमलाले सुनाएको कान्तिपुर
दैनिकमा खबर छ ।

No comments :
Post a Comment