मलेसियामा स्थानीय र नेपालीबीच झडप, १० नेपालीको मृत्यु भएको आशंका
अर्जुन शर्मा
१२ चैत, क्वालालम्पुर । मलेसियाको जोहोरराज्यको पासिरगुडाड तामान चिन्तना भन्ने स्थानमा रहेको साबुन बन्ने कम्पनीको होस्टल एरियामा नेपाली र स्थानीय बीच भएको भीडन्तमा कम्तीमा १० जना नेपालीको ज्यान गएको र करिब १८ जना भन्दा बढी घाइते भएको जानकारीमा आएको छ ।

तामान गाम्भीराबाट विन्दु दर्लामीले दिएको जानकारीअनुसार मृत्युसँगै केही नेपाली चेलीहरु पनि बलात्कृत भएको आशंका गरिएको छ । घट्ना के कारणले भएको हो भन्ने बारेमा हालसम्म यकीन हुन सकेको छैन । त्यो क्षेत्रमा हाल कफ्र्यु लगाइएका कारण त्यहाँ रहेका कसैसँग पनि सम्पर्क हुन सकेको छैन । घटनालाई नियन्त्रणमा लिनका लागी प्रहरीले हवाई फायर समेत गरेको बताइएको छ ।
घट्नाको खबरपश्चात् नेपाली दूताबासबाट हिँडेको टोली हाल घट्नास्थलमा पुगिसकेको छ । घट्नाको विस्तृत विवरण आउन बाँकी छ ।
घट्नाको खबरपश्चात् नेपाली दूताबासबाट हिँडेको टोली हाल घट्नास्थलमा पुगिसकेको छ । घट्नाको विस्तृत विवरण आउन बाँकी छ ।
मलेसियाको यस घटनाबारे थप खबर थाहा पाउन नेपालीहेडलाइन्ससँगै रहनु होला...
 
No comments :
Post a Comment