Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : समाचार

Monday, 25 March 2013

समाचार




पिण्ड खाने उमेरमा लिंग परिवर्तन !






मान्छेले केही गर्न चाहेमा उमेरले छेक्दैन । तन बुढो भएपनि मन बुढो हुँदैन भन्ने त उखानै छ । यहीँ उखानलाई आत्मसात गर्दै बेलायतका एक ८० वर्षीय वृद्धले डाँडापारीको जून बनिसकेको अवस्थामा समेत आफ्नो बालकैदेखिको मनको धोको पूरा गर्ने भएका छन् ।
३ सन्तानका बाउ तथा ४ नातिनातिनाका हजुरबुवा रहेका रथ रोजले बुढेशकालमा लिंग परिवर्तन गरी आइमाइ बन्ने भएका हुन् । बेलायती वायु सेनाका पूर्व कर्मचारी समेत रहेका रोजले झण्डै २२ हजार खर्च गरी लिंग परिवर्तन गराउने भएका बताइएको छ । आउँदो अक्टोबरमा लण्डनस्थित एक अस्पतालमा शल्यक्रिया गरी महिला बनेसँगै उनी बेलायतमा लिंग परिवर्तन गर्ने सबैभन्दा पाको उमेरको व्यक्ति बन्नेछन् ।
उनले आफु ९ वर्षको हुँदादेखि नै आफुलाई केटी बन्न मन लाग्ने गरेको र अहिले आएर मात्र मनको धोको पूरा हुन लागेको बताए । उनले दुइ वर्षअघि लिंग परिवर्तन गर्ने सार्वजनिक घोषणा गरेका थिए ।

No comments :

Get Widget