नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : समाचार
नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
एसएलसीको रिजल्ट निकाल्न नौ करोड चाहिने ! =========================
११ चैत, काठमाण्डौ । भर्खरै सकिएको एसएलसी परीक्षाको बाँकी कार्य पूरा गर्न परीक्षा नियन्त्रण कार्यालयलाई रकमको अभाव भएको छ ।
अघिल्लो वर्षको कुल खर्चमा नबढाई प्राप्त भएको २८ करोड रुपैयाँ रकमले परीक्षा सञ्चालनसम्म मात्र धानेकाले बाँकी कार्यका लागि थप नौ करोड रुपैयाँ आवश्यक भएको परीक्षा नियन्त्रक खगराज बरालले जानकारी दिनुभयो ।
अपुग रकम शिक्षा मन्त्रालय हुँदै अर्थ मन्त्रालयबाट निकासाका लागि टिप्पणी उठाउने कार्य भइरहेको उल्लेख गर्दै उहाँले सो रकम नआए उत्तरपुस्तिका सम्परीक्षण कार्य प्रभावित हुने र परिणाम निकाल्न कठीन हुने बताउनुभयो ।
नियन्त्रक बरालले अघिल्लो वर्षको भन्दा ५० हजार परीक्षार्थी बढेकाले परीक्षा केन्द्रको सङ्ख्या पनि ३२ को सङ्ख्यामा बढेको, केन्द्राध्याक्षको भत्ता, सुरक्षा प्रबन्ध, उत्तरपुस्तिका छपाइ र ढुवानी गर्दा चालु बजेट सकिएको जानकारी दिनुभयो ।
No comments :
Post a Comment