Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : समाचार

Monday, 25 March 2013

समाचार

मलेसियामा नेपालीको मृत्यु भएको हल्ला पछि राजधानीमा सुरक्षा कडा


मलेसियामा दुई पक्षबीचको झडपमा नेपाली कामदारको मृत्यु भएको हल्ला पछि राजधानीका मेनपावर कम्पनीको सुरक्षामा प्रहरी परिचालन गरिएको छ। 



नेपाल प्रहरीले राजधानीमा विभिन्न ठाउँमा रहेका मेनपावर कम्पनीको सुरक्षाका लागि प्रहरी परिचालन बढाएको बताएको छ । महानगरीय प्रहरी आयुक्त नवराज ढकालले भने ‘हल्लाका कारण राजधानीमा अप्रिय घटना हुनबाट जोगाउँन हामीले सुरक्षा व्यवस्थालाई कडा बनाएका छौँ ।’ 

८ वर्ष अघि इराकमा १२ नेपालीको हत्या भएको घटनापछि राजधानीका मेनपावर कम्पनीमा तोडफोड र आग्जनीका घटना भएको विषयलाई ख्याल गर्दै राजधानीका मेनपावर कम्पनीको सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले बताएको छ । 

मलेसियामा नेपाली कामदार र स्थानीयबासीबीचमा भएको झडपका कारण केही नेपालीको मृत्यु भएको हल्ला चलेपनि परराष्ट्रमन्त्रालयले भने कुनै पनि नेपालीको मृत्यु नभएको भन्दै प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ । स्थानीय युवा र नेपाली कामदारकाका बीचमा भनाभन हुँदा मलेसियाको जोहोरस्थित पासिर गुडाङमा झडप भएको भए पनि त्यहाँ कुनै नेपालीको मृत्यु नभएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।

No comments :

Get Widget