यान्त्रिक पुल सोमवारदेखी नियमित सञ्चालनमा
फागुन२१ - मुलुककै पहिलो ब्यवसायिक यान्त्रिक पुल कुस्मा बलेवा यान्त्रिक पुल सोमबारदेखि नियमित रुपमा सञ्चालनमा आएको छ । निजी क्षेत्रले निर्माण गरेको उक्त पुल निर्माण गर्न करिब ५ करोड रुपैयाको लागत लागेको छ । केवलकार मोडलमा निर्माण भएको कुश्मा बलेवा यान्त्रिक पुल नियमित रुपमा सञ्चालनमा आएपछि सर्वसाधरण तथा पर्यटकलाई सुविधा पुगेको छ ।
व्यापारिक दृष्टिकोणले महत्वपुर्ण मानिएको पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको दक्षिण क्षेत्र बलेवा जोड्ने गरी पर्वत उद्योग बाणिज्य संघको पहलमा यान्त्रिक पुल निर्माण भएको हो । अब त्यहाँका स्थानियले दुई घण्टा पैदन नहिडी सात मिनेटमा नै वारीपारी गर्न सक्नेछन् । सोही पुलका कारण नै बर्षौदेखि सञ्चालनमा नआएको बलेवा एयरपोर्ट समेत सञ्चालनमा आउने भएको छ ।
 पुल सञ्चालनका लागि दुवै तर्फका ४ सय ३६ जनाबाट उक्त शेयर रकम संकलन भएको छ । दुई वटा यान्त्रिककार जडान हुने उक्त यान्त्रिक पुलमा एउटा कारमा ८ जना मानिस अट्न सक्ने क्षमता रहेको छ । कम्पनीले प्रत्येक यात्रुका लागि ५ लाख बराबरको बिमा गरिदिएको छ ।

No comments :
Post a Comment