मुटुमा प्वाल छ, टाल्न पैसा छैन’
संखुवासभा, फाल्गुन २१ – मुटुमा प्वाल परेका संखुवासभा खाँदबारी १ का ९ वर्षीय सन्देश कटुवालले सहयोगका लागि अपिल गरेका छन् । सदरमुकामको सूर्य आवासिय माविमा कक्षा ३ मा अध्यायनरत कटुवालको ३ वर्ष अघिबाट मुटुमा प्वाल परेको बताए ।
 खाँदबारी अस्पतालमा १५ दिन अघि बसेको मुटुरोग शिविरमा उनको मुटु प्वाल परेको चिकित्सकले बताएका थिए । डाक्टरले ३ बर्ष अघिवाट मुटुमा प्वाल परेको छ भन्यो, उपचार गर्न काठमाडौं जानु छ, डाक्टरले छोराको उपचार गर्न १ लाख ५० हजार लाग्छ भनेको छ, आमा सरस्वतीले भनिन्, आर्थिक अभाव भएपछि यत्रो रकम कसरी खोजेर उपचार गराऊ, समस्या भएको छ, ऋण काढेर उपचार गराउन पनि एक टुक्रा जग्गा जमिन छैन ।

जिल्ला अस्पतालले उनलाई उपचारका लागि शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र लैजान भनेको छ, सरस्वतीले भने, राजधानीसम्म उपचार गर्न रकम समस्या छ, म एकल महिला र सुकुम्बासी हुँ, जग्गा जमिनका नाममा केही छैन, के गरेर उपचार गरौ चिन्तामा छु । सन्देशका बाबु भक्तबहादुर अर्की आमा लिएर ६ बर्षवाट बेपत्ता भएको उनले बताए । आमा सरस्वती माटो, काठ र दाउराको ज्यालादारी काम गर्छिन् । उनले उपचारका लागि एक रुपैयाँ पनि जम्मा गर्न नसकेको बताएइन् । खाँदबारी १, मा डेरामा बस्दै आएकी सरस्वतीले छोरालाई ज्यालादारी काम गरेर पढाउँदै आएकी छिन् ।
कटुवालले सबैलाई सहयोग गर्न विभिन्न संचारमाध्याम मार्फत माग समेत गरेका छन् । सहयोग गर्नेहरुलाई सरस्वतीले सन्देश कटुवालको नाममा रहेको राष्ट्रिय वाणिज्य वैक खाँदबारी शाखाको २०८००१५८६७१० नम्बरको खातामा सहयोग रकम जम्मा गर्न अनुरोध गरेकी छिन् । उनले ९८४२२१५०६१ मा सम्पर्क गर्न समेत आग्रह गरिन् ।
सहयोग गर्नु चाहने साथीहरुले सहयोग गर्नु हुन्छ त्यसैले सक्दो शेयर गरेर सबैको वाल सम्म पुराउ साथीहरु तपाइँ हाम्रो सानो सहयोगले यो बाबुले नया जिबन पाउने छन् ।
 
No comments :
Post a Comment