Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : कारबाहीको विरोधमा ट्याक्सी चालकको जुलुस "

Tuesday, 5 March 2013

कारबाहीको विरोधमा ट्याक्सी चालकको जुलुस "



कारबाहीको विरोधमा ट्याक्सी चालकको जुलुस "
=========================

काठमाडौ, २२ फागुन। ट्राफिक प्रहरीले चलाएको कारबाही अभियानको विरोध गर्दै ट्याक्सी चालकहरुले काठमाडौ उपत्यकाका मुख्य चोकबाट ट्याक्सी र्याली सहित जुलुस निकालेका छन् । 

प्रहरीले मिटर नराख्ने, मिटरको सिल तोड्ने, कल फास्ट गर्ने र मिटरमा उठे भन्दा बढी भाडा लिने ट्याकसीलाई कारबाही गरे पछि ट्याक्सी चालक आन्दोलनमा उत्रेका हुन् ।

प्रहरीले अनावश्यक दुःख दिएको र दुर्ब्यबहार
गरेकाले विरोधमा उत्रनु परेको ट्याक्सी चालकहरुले बताएका छन् । विरोध र्यालीका कारण मंगलबार दिउँसो न्यूरोड, सुन्धारा, रत्नपार्क,
कालीमाटी, त्रिपुरेश्वर, गौशाला, चावहिल,
थापाथली लगायतका क्षेत्रमा सवारी आवत जावत प्रभावित भएको थियो ।

No comments :

Get Widget