सिंगापुरलाई भारी रन अन्तरले हराउँदै नेपाल सेमिफाइलन प्रवेश
चैत्र १८ -  किर्तिपुर क्रिकेट मैदानमा आज भएको क्रिकेट प्रतियोगितामा सिंगापुरलाई १ सय २१ रनले हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।
टस जितेर ब्याटिंग रोजेको नेपालले २० ओभरमा ५ विकेटको क्षतिमा २११ को चुनौती पेस गरेकोमा उक्त लक्ष्य पछ्याउने क्रममा सिंगापुर आफ्नो सबै विकेट गुमाउँदै ८९ रनमै समेटिएको हो ।
टस जितेर ब्याटिंग रोजेको नेपालले २० ओभरमा ५ विकेटको क्षतिमा २११ को चुनौती पेस गरेकोमा उक्त लक्ष्य पछ्याउने क्रममा सिंगापुर आफ्नो सबै विकेट गुमाउँदै ८९ रनमै समेटिएको हो ।
सुरुमा ब्याटिंग गरेको नेपालले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १० रन नेपालका लागि विनोद भण्डारीले ३४ बलको सामना गरेर अर्धशतक बनाए । उनले ४ छक्का र ३ चौका प्रहार गरेका थिए । 
यस्तै कप्तान पारस खड्काले ४४ रन बनाए भने प्रदीप ऐरी र ज्ञानेन्द मल्लले समान ३०,३० रन बनाएका थिए । निकै आक्रामक व्याटिङ गरेका उपकप्तान ज्ञानेन्द्रले १० बलमा ४ छक्का र १ चौकाको मदतमा ३० रन बनाएका हुन् । 
यस्तै सदर भेसवाकरले ९ बलमा ३ छक्काको मदतमा २६ रन बनाए । पृथु बास्कोटा ९ रनमा अविजित रहँदा सुवास खकुरेलले ५ रन जोडेका थिए । 
 
 

 
 
No comments :
Post a Comment