महँगी गायिका भनिने अञ्जुको कमाइ कति?
 स्मृति ढुंगाना, काठमाडौं, चैत १८ – नेपाली संगीतको बजार खस्किँदै गए पनि अञ्जु पन्तको मूल्य बढिरहेको छ। महँगी गायिकाको रुपमा चर्चित छिन् अञ्जुले केही दिनअघि हेटौंडाको एउटा स्टेजमा गाउँदा ५० हजार रुपैयाँ लिइन्। ‘स्वरको माग बढ्न थालेपछि पारिश्रमिक पनि बढाएकी हुँ। निशुल्क गाउनु भनेको पेशाप्रति जिम्मेवार नहुनु हो,’ उनले भनिन्।
स्मृति ढुंगाना, काठमाडौं, चैत १८ – नेपाली संगीतको बजार खस्किँदै गए पनि अञ्जु पन्तको मूल्य बढिरहेको छ। महँगी गायिकाको रुपमा चर्चित छिन् अञ्जुले केही दिनअघि हेटौंडाको एउटा स्टेजमा गाउँदा ५० हजार रुपैयाँ लिइन्। ‘स्वरको माग बढ्न थालेपछि पारिश्रमिक पनि बढाएकी हुँ। निशुल्क गाउनु भनेको पेशाप्रति जिम्मेवार नहुनु हो,’ उनले भनिन्।सांगीतिक क्षेत्रमा पाइला चाल्दै गर्दा उनी दैनिक १४ घन्टा रियाज गर्ने गर्थिन्। हालसम्म ५ हजारभन्दा बढी गीत रेकर्ड भइसकेको उनको भनाइ छ। आधुनिक, लोक र आइटम गीतमा समेत उनी छाएकी छन्।
उनी अरुको एल्बममा गीत गाएको १८ देखि २० हजार रुपैयाँ लिने गर्छिन्। कुनैबेला दिनको पाँचवटासम्म गीत रेकर्ड गर्ने उनी अचेल दुइटामात्र रेर्कड गर्ने गर्छिन्। ‘मेरो सम्पति भनेको यही आवाज हो। त्यसैले एक दिनमा दुइटाभन्दा बढी गीत रेकर्ड गर्दिनँ। स्वरलाई आराम दिन्छु। प्राय गीत आधा घन्टामा रेकर्ड गरिसक्छु,’ उनले भनिन्।
नेपाली फिल्म र कलेक्सन एल्बममा स्वर दिन उनलाई भ्याइनभ्याइ छ। ‘काममा नयाँ र पुरानो भन्ने हुँदैन। फिल्मको गीत गाउन अप्ठ्यारो हुन्छ। लोकदोहोरी सबैभन्दा सजिलो लाग्छ,’ उनले भनिन्। उनका अधिकांश गीत प्रिज्मा र त्रिवेणी स्टुडियोमा रेकर्ड हुने गरेका छन्।
विभिन्न जिल्लामा हुने मेला-महोत्सवमा अञ्जुलाई बोलाउने भने आयोजकले ८० हजार रुपैयाँ र हवाई टिकटको व्यवस्था गर्नुपर्छ। राजधानीमा हुने कार्यक्रमका लागि चाहिँ उनको पारिश्रमिक ५५ हजार रुपैयाँ हो।
एकल कन्सर्टको शुल्क भने उनले तोक्न भ्याएकी छैनन्। ‘आयोजकहरुले हामीलाई सित्तै गाइदिए हुन्थ्यो भन्ने आश गर्छन्। तर हाम्रो गुजारा कन्सर्ट र कार्यक्रममै भर पर्छ। त्यसैले ७५ प्रतिशत रकम हातमा परेपछि कार्यक्रममा सहभागी हुन्छु,’ उनले भनिन्।
विदेशमा हुने कार्यक्रममा भने उनले साढे दुईदेखि तीन लाख लिने गरेकी छन्। त्यस्ता कार्यक्रममा कुरा छिन्नेबित्तिकै ५० प्रतिशत रकम लिन्छिन् भने बाँकी हातमा परेपछि मात्र देश छोड्छिन्। ‘आयोजकले लैजाने, खुवाउने, राख्ने र फर्काउने जिम्मा लिएका हुन्छन्। सपिङको खर्च मेरो हुन्छ,’ उनले बेलीबिस्तार लाइन्।
उनका ‘न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई’, ‘जिन्दगी यो फूलैफूलको’, ‘मसँग तिमी छुट्नु ‘, ‘म मर्ने बेला तिमीचाहिँ’, ‘मलाई बाँसुरीले’, ‘मलाई माफ गर’ लगायत गीत चर्चामा छन्।
सत्र वर्षअघि कृष्णमान डंगोलबाट संगीतको औपचारिक ज्ञान लिएकी उनले सुरुमा डंगोलकै संगीतमा एउटा भजन रेडियो नेपालमा रेकर्ड गरेकी थिइन्।
 
 
 
 
No comments :
Post a Comment