Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : समाचार

Wednesday, 27 March 2013

समाचार

सरकार फेरिएसँगै सुनसान सिंहदरबार
काठमाडौ, चैत्र १४ - यसअघि सरकार फेरिएसँगै सिंहदरबारको रौनक घट्दैनथ्यो । बरु बढ्थ्यो, नयाँ- नयाँमा । फेरिन्थे त केबल त्यहाँ जाने कार्यकर्ताहरू । तर यसपाला त्यस्तौ छैन, सिंहदरबार सुनसान छ । प्रधानमन्त्री कार्यालय र मन्त्रालयहरूमा दलका नेता र कार्यकर्ता खासै देखिँदैनन् । भेटिन्छन् केबल नीलो कोट र सेतो सर्टधारी कर्मचारी । दलको नेतृत्वमा सरकार बन्दा कार्यकर्ताको भीड लाग्थ्यो । चप्पल लगाएकादेखि चिल्लो गाडी चढेरसम्म प्रधानमन्त्री र मन्त्रीलाई बधाई दिन आउँथे । विभिन्न काम र समस्या लिएर आएका कार्यकर्ताहरू मन्त्रीको कार्यकक्षमा टनाटन भरिन्थे । त्यस्तो भीड हुने समय छल्न मन्त्रीहरू मन्त्रालयसमेत विरलै आउँथे । अहिले त्यस्तो छैन । प्रधानन्यायाधीश खिलराज रेग्मी प्रधानमन्त्री छन् । पूर्वप्रशासक मन्त्रीहरूलाई बधाई दिन उनीहरूले विगतमा काम गरेका मन्त्रालयका कर्मचारी, केही शुभेच्छुक र आफन्त मात्रै देखिन्छन् । सिंहदरबारभित्रका दलका कार्यालयमा गइरहने नेताहरूसमेत जान छाडेका छन् । 

एउटा मन्त्रीको भागमा कम्तीमा दुई मन्त्रालयको जिम्मेवारी छ । उनीहरूले एउटा मन्त्रालयमा झन्डै तीन घन्टा बिताउँछन् । बजेटको पूर्वसन्ध्या भएकाले अर्थमन्त्री शंकर कोइराला अरूभन्दा व्यस्त छन् । उनकोमा भने केही नेता र कार्यकर्ता बजेट र योजनाको माग राखेर पुग्छन् पनि । कांग्रेसको कोटाबाट परेका उनकोमा जाने अधिकांश कांग्रेसी नेता र कार्यकर्ता हुन्छन् । आफ्नो निर्वाचन क्षेत्रका लागि योजना र बजेट लिएर कतिपय पूर्वमन्त्री र सांसद पुग्दा उनले असहज महसुस गर्ने गरेको मन्त्रालयका कर्मचारीको भनाइ छ । कांग्रेस नेता शशांक कोइराला आइतबार आफ्नो निर्वाचन क्षेत्रमा बजेटबारे कुराकानी गर्न जाँदा मन्त्री कोइरालाले त्यस्तै अनुभूति गरे । 'हिजो तिनै नेतालाई माननीय र मन्त्रीज्यू भनेर शिष्टाचार गर्ने बानी परेका बेला आज मन्त्रीज्यू भनेर नेताहरू नै मन्त्रालय पस्दा अप्ठ्यारो मान्नु स्वाभाविक पनि हो,' अर्थ मन्त्रालयका एक कर्मचारीले भने, 'त्यसैले होला सर (मन्त्रीज्यू) ले तपाईं यहाँ आइरहनै पर्थेन । फोनबाट भन्नुभएको भए या बोलाएको भए मै आइहाल्थे नि भन्नुभयो ।'

अहिलेका मन्त्रीहरू पहिला आदेश पालकका रूपमा थिए । अहिले भूमिका परिवर्तन भई आदेश दिने ठाउँमा छन् । फेरिएको भूमिका निर्वाह गर्न उनीहरूलाई अप्ठ्यारो परिरहेको छ । मन्त्रालयका सचिवहरूलाई परेको अप्ठ्यारो पनि अझै हटेको छैन । सबैभन्दा अप्ठ्यारो सरकारका मुख्यसचिव लीलामणि पौडेललाई परेको छ । अन्य मन्त्रालयका सचिव र सहसचिवहरूसमेत 'मन्त्रीज्यू' भन्ने आदत बसाल्न सकेका छैनन् । उनीहरू हिजोकै सचिवको हैसियतमा 'सर' भन्ने गर्छन् । 'मन्त्री भएर आएको अनभूति अझै भइसकेको

छैन । मन्त्रीको हैसियत बुझेर 'मन्त्रीज्यू' भनिहाले पनि उहाँहरू आफैं झस्कनुहुन्छ,' विशिष्ट श्रेणीका अर्का एक कर्मचारीले भने, 'मन्त्रीहरू पनि फेरि जागिर खान आएको अनुभव हुन थालेको अनुभूति हामीसँग गर्नुहुन्छ ।' यसको कारण चालू अवस्थाका योजना र दैनिक प्रशासन चलाउनुबाहेक अन्य भूमिका नपाउनु पनि हो । निर्वाचन घोषणा भइनसके पनि मन्त्रीहरूले महत्त्वपूर्ण निर्णय गर्न नपाउने भएका छन् ।

No comments :

Get Widget