Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : समाचार

Wednesday, 27 March 2013

समाचार


जेठाजुले प्रहार गरेको दाउराले लागेर बुहारीको ज्यान गयो



खोटाङ, चैत १२-खोटाङमा जेठाजुले प्रहार गरेको दाउराले लागेर बुहारीको ज्यान गएको छ। खार्ताम्छा-९ बस्ने ६० वर्षीय शङ्करमणि राईले प्रहार गरेको दाउराले लागेर ५१ वर्षीया बुहारी मट्याङरी राईको ज्यान गएको हो। 



घरायसी विवादमा एक्कासि जेठाजुले चिर्पटले हानेपछि गम्भीर घाइते बनेकी मट्याङरीको जिल्ला अस्पताल खोटाङमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। मट्याङरीको मृत्युपछि शङ्करमणिलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक दुर्गा रेग्मीले जानकारी दिनुभयो। मट्याङरीको मृत्यु भएपछि उनको श्रीमान, दुई छोरा र ६ छोरीको विचल्ली भएको छ। 

कतारमा ज्यान गुमाएका खोटाङ्गे एक युवाको शव नेपाल ल्याइयो 

तीन साताअघि कतारमा ज्यान गुमाएका एक खोटाङ्गे युवाको शव नेपाल ल्याइएको छ। गत फागुन १९ गते सुतेकै ठाउँमा ज्यान गुमाएका बाँझेच्यानडाँडा-२ का २० वर्षीय दिलीप भुजेलको शव नेपाल ल्याइएको हो। रोजगारीका सिलसिलामा तीन महिनाअघि कतार पुगेका भुजेल बेलुकाको ड्यूटी सकेर सुतेकोमा भोलिपल्ट बिहान मृत अवस्थामा फेला परेको उनका साथी तेजबहादुर गिरीले बताए। 

भुजेलको शव हालसम्म हमाद अस्पतालमा राखिएको थियो। सनैयास्थित एमटिसी कम्पनीमा हेल्परका रुपमा कार्यरत भुजेलको हृदयघातका कारण ज्यान गएको अनुमान गरिएको छ। रासस

No comments :

Get Widget