Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : समाचार

Wednesday, 27 March 2013

समाचार


चार दिनको फरकमा श्रीमान-श्रीमतीले गरे आत्महत्या




१४ चैत, सिन्धुपाल्चो । ‘काली, मर्न गाह्रो हुन्छ । तर पनि म मर्दैछु । काली, तिमीचाँही मर्ने ट्राइ नगर प्लिज । सक्छौ भने तिमी यो घर छाडेर जाउ । योर म्याड हस्बेन्ड सिन्धुपाल्चोक सदरमुकाम चौतारा ७ का २२ बर्षका प्रदीप श्रेष्ठले शनिबार श्रीमती कल्पना श्रेष्ठलाई लेखेको पत्र हो, यो । यनले श्रीमती कल्पनाका नाममा सुसाइड नोट लेखेको केही समयमै विष सेवन गरेर यो संसार त्यागे । उनले सुसाइट नोटमा आफु मर्न लागेको तर श्रीमती कल्पनालाई नमर्न विशेष आग्रह गरेका थिए । तर, प्रदीपले भनेजस्तो भएन् । उनकी श्रीमती कल्पनाले पनि श्रीमानले आत्महत्या गरेको चार दिनपछि संसार त्यागिन् । फरक यति हो, श्रीमान् प्रदीपले मृत्युका लागि विषको सेवन गरेका थिए भने श्रीमती कल्पनाले पछ्यौराको पासो प्रयोग गरी आत्महत्या गरेकी थिइन् । श्रीमानको किरियामा बसेकी कल्पनाले मंगलबार घरमा रहेका पाहुनाहरुलाई दूध र विस्कुट खुवाइन् । र आफू भने बुइकलमा गएर कहिलेपनि नर्फकने गरी मृत्युको बाटो रोजेको खबर राजधानी दैनिकले छापेको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । कल्पनाले श्रीमानको वियोग सहन नसकेर आत्महत्या गरेको भएपनि प्रदीपको मृत्युको कारण खुल्न सकेको छैन् ।

No comments :

Get Widget