एसिसी क्रिकेट : नेपाल हङकङसित ६ विकेटले पराजित
काठमाडौं, चैत १४–काठमाडौंमा भईरहेको एसीसी ट्वान्टी ट्वान्टी क्रिकेटको आफ्नो दोश्रो खेलमा नेपाल हङकङसंग पराजित भएको छ ।
नेपाल हङकङसँग ६ विकेटले पराजित भएको हो । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा नेपालले जितका लागि दिएको १ सय १६ रनको लक्ष्य हङ्गकङ्गले १६ दशमलव २ ओभरमा ४विकेट गुमाउँदै पूरा गर्यो ।
पहिलो खेलमा हिजो मालदिभ्सलाई ७६ रले हराए पनि आज बलिङ्ग र ब्याटिङ्ग दुवैमा कमजोर देखिएपछि नेपाल हार ब्योहोर्न बाध्य भयो । पहिले ब्याटिङ्ग गरेको नेपालले पुरै ओभर खेलेर ९ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो ।
ज्ञानेन्द्र मल्लले सर्वाधिक ३८ रन तथा प्रदिप ऐरीले २१, विनोद भण्डारीले १५ र शक्ति गौचनले ११ रनको योगदान गरे । अरु पाँच जना खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।
सुवास खकुरेल ६, पारस खड्का ४, शरद भेषवाकर र बसन्त रेग्मी समान पाँच तथा मन्जित श्रेष्ठ ७ रनमा आउट भए । हङकङका नदिम अहमदले ३ तथा तनविर अफजल र एयाज खानले समान दुई/दुई विकेट लिए ।
नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
No comments :
Post a Comment