Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : बिश्व

Wednesday, 27 March 2013

बिश्व


मलेसिया घटनामा घाइते राजु उपचारपछि होस्टल फर्के



रामचन्द्र नेपाल
१४ चैत, क्वालालम्पुर । गएको आइतवार राति मलेसियाको जोहोरवारुको तामान चिन्तानमा स्थानिय युवाको आक्रमणमा घाईते भई जोहोरको सुल्तान अस्पतालमा उपचार गराईरहेका सामरी ४ नुवाकोटका राजु बिक-वम्रेल) बुधबार दिउँसो अस्पतालवाट डिचार्ज भएका छन् ।
उनलाई उपचारमा लागेको खर्च कम्पनीले बेहोरेको छ । कम्पनी प्रतिनिधि राजुलाई लिन अस्पताल पुगेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ । उनको दाहिने खुट्टा भाँचिएका कारण प्लाष्टर गरिएको छ भने निधारमा लागेको चोट निको हुने क्रममा छ ।
घाइते भई अस्पतालमा उपचार गराईरहेका महमतपुर रौतहटका रामलाल साहको पनि स्वाथमा सुधार आएको चिकित्सकहरुले बताएका छन । उनको दुवै हात-खुट्टामा गम्भीर असर परेका कारण अपि्रल ५ तारिखका दिन अप्रेशन गर्ने तयारी भइरहेको नेपाली राजदूतावासले जानकारी दिएको छ ।

No comments :

Get Widget