
कतै सरकारले झुट त बोलेन ?
१४ चैत, काठमाडौ । मलेसियामा केही दिनअघि भएको झडपमा करिब दर्जन नेपाली मारिएको खबर आएको छ । मलेसियामा केही नेपालीहरु मारिएको अपुष्ट समाचारहरू बाहिर आएपछी सरकारले त्यसलाई ढाकछोप गर्न चाहेको बताइन थालेको छ । इराकमा २०६१ सालको भाद्र १६ मा १२ मारिँदा नेपालमा देखिएको ताण्डव नदोहोरियोस् भनेर सरकारले गुपचुप राखेको आरोप लगाइन थालेको छ । मलेसियामा रहेका प्रत्यक्षदर्शीहरूले घटनापछी करिब ६-७ वटा एम्बुलेन्समा मानिस लगिएको देखेको तर सरकारले भने मात्र २ जना घाइते भएको बताउँदै आएको अवस्थामा घटनाभित्र केही रहस्य लुकेको हुन सक्ने आशंका गरिन थालेको छ ।
मलेसियाको घट्नामा दर्जनौ नेपाली मारिएको अपुष्ट सुचनाहरू नेपालीहेडलाइन्समा निरन्तर प्राप्त भइरहेका छन् । यहाँसम्म कि मलेसियामा रहेको नेपाली दुतावासका कर्मचारीहरूले संभावित दुर्घटनाको आशंकाले केही कुरा लुकाएको संकेत गरेका छन् । कर्मचारीहरूसँगको अनौपचारिक कुराकानीमा उनीहरुले यस्तो आसय प्रकट गरेको बताइएको छ । घट्ना सार्वजनिक भए त्यसको विरोध हुने डरले सरकारले कुरा लुकाएको हो भने यो सुचनाको हकविरुद्ध हो । यस घटनाको वास्तविक रूपमा छानविन गरी घटनाको सत्य तथ्य बाहिर ल्याउनु जरूरी छ ।
इराकमा नेपाली मारिएको घट्ना र त्यसको विरोधमा काठमाडौमा मच्चिएका ताण्डव यता बाग्मतीमा धेरै रगत र पानी बगिसकेको सरकारलाई थाहा छैन् र ? अब नेपाली आफ्नो आक्रोश व्यक्त गर्न जान्दछन् सायद सरकार चलाउने भन्दा राम्रोसँग जान्दछन् ।
No comments :
Post a Comment