नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : बिज्ञान प्रबिधि
नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
अन्तरीक्ष र अझ त्यसभन्दा पनि टाढा विभिन्न ग्रहमा अन्तरीक्ष यान प्रक्षेपण गर्नका लागि विश्वका धनी देशहरुले अरबौँ डलर खर्च गरिरहेका छन् । अहिलेसम्म जति अन्तरीक्ष कार्यक्रम चलेका छन् सबै सरकारी तबरमै भएका छन् । तर अब एक गैर सरकारी संस्थाले पनि मंगल ग्रहमा मान्छे पूराउने भएको छ ।
पहिलो अन्तरीक्ष पर्यटक डेनिस टिटोले खोलेको एक गैर सरकारी संस्थाले मंगल ग्रहमा आम मानिसलाई पूराउने योजना बनाएको हो । उनको अमेरिकी एनजीओले सन् २०१८ सम्ममा आम मानिसलाई लिएर मंगल ग्रहमा यान पूराउने लक्ष्य लिएको छ ।
५ सय १ दिनको यो मंगल मिसनको सुरुवात सन् २०१८ को जनवरीमा सुरु हुन सक्ने बताइएको छ । अमेरिकामा कडा मेहेनत र ज्ञानका माध्यमबाट जे गर्न पनि सम्भव हुन्छ भन्ने कुरा देखाउनका लागि टिटोले आफ्नो एक संस्थाबाट यस्तो काम गर्न लागेका बताइएको छ । आफ्नो यो मिसनबाट मंगल ग्रहका विषयमा थप जानकारी तथा अनुभव प्राप्त हुने उनको भनाइ छ ।
No comments :
Post a Comment