Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : समाचार

Wednesday, 6 March 2013

समाचार

बन्दले देशभरको जनजीवन प्रभावित (फोटो फिचरसहित)
==============================

२३ फागुन, काठमाण्डौं । नेकपा-माओवादी नेतृत्वको नेपाल संघीय जनगणतान्त्रिक मोर्चाले गरेको बन्दका कारण आज देशभरको जनजीवन प्रभावित भएको छ । 

वर्तमान सरकारको विगठन र राष्ट्रिय संयुक्त सरकार गठनको माग गर्दै मोर्चाले सरकार गठनमा विदेशी हस्तक्षेप निम्त्याउने चार पक्षीय गतिविधिको विरोध, राष्ट्रिय स्वाधीनताको रक्षा, असंवैधानिक कदमको विरोध र राजनैतिक दलहरुकै बीचबाट राष्ट्रिय संयुक्त सरकार गठनको निम्ति सडक आन्दोलनको रुपमा आज बन्द आव्हान गरेको जनाएको छ । विहान ६ बजेदेखि आव्हान गरिएको बन्द साँझ पाँच बजे सकिने नेकपा-माओवादीले जनाएको छ ।

मोर्चाको बन्दका कारण देशभरका सम्पूर्ण यातायात, बजार, उद्योग कलकारखाना, शिक्षणसंस्था ठप्प रहेका छन् भने एम्बुलेन्स, रेडक्रसको गाडी, शववाहन, हस्पिटलको गाडी, दुध, पानी तथा फोहोर बोक्ने गाडीहरु, कुटनीतिक नियोगका गाडीहरु, मानवअधिकार र प्रेसका गाडीहरुलाई भने निर्वाध रुपमा सञ्चालन गर्न दिने जनाएको छ ।
नेपाल संघीय जनगणतान्त्रिक मोर्चामा नेकपा-माओवादी,नेकपा एकीकृत, मातृका यादब नेतृत्वको नेकपा माओवादी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (संघीय लिम्बुवान राज्य परिषद)लगायतका दल आवद्ध छन् ।

बन्दका क्रममा हुन सक्ने अपि्रय घटनालाई मध्यनजर गर्दै चोक चोकमा उल्लेख्य संख्यामा सुरक्षाकर्मी खटाइएको छ । बन्दकर्ता भने विहानै देखि नाराबाजी गर्दै सडक सडकमा प्रर्दशन गरिरहेका छन् ।

अर्घाखाँचीमा बन्द फिर्ता
नेकपा-माओवादीले गरेको बन्द अर्घाखाँचीमा भने फिर्ता भएको छ । अर्घाखाँचीका संघ सस्था र नागरिक समाजको आग्रहमा बन्द फिता लिएको गणतान्त्रिक मञ्च अर्घाखाँचीले जनाएको छ ।
आयोजकले जिल्लाको भावनालाई बुझेर बन्द फिर्ता ल्याएकोमा अर्घाखाँचीवासीले खुसी व्यक्त गरेका छन् । जिल्लालाई विद्यालय बन्द मुक्त घोषणा भएको सन्र्दभमा नेपाल बन्दको बेला अर्घाखाँची मात्र बन्द फिर्ता गर्नुले जिल्लालाई पुर्ण बन्द मुक्त बनाउन तर्फ लाग्नको लागी एउटा अवसर रुपमा लिन सम्बन्धित पक्षलाई स्थानीय बासीन्दाहरुले आग्रह गरेका छन् ।
परिक्षा नजिक नजिक आएका विद्यार्थीलाई बन्द फिर्ताले ठुलो राहत प्रदान गरेको गणेश खनाले जनाएका छन् । बन्द फिर्ताको अर्घाखाँचीबासीले स्वागत गरेका छन् ।

No comments :

Get Widget