नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : बिज्ञान प्रबिधि
नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
यस्तो हुनेछ भबिष्यको हाइटेक घर र तपाईको जिन्दगी ============================
जुन रफ्तारले प्रविधिको विकास भइरहेको छ, त्यसले मानिसको रहनसहनमा पनि परिर्वतन ल्याएको छ ।
कम्प्युटर क्षेत्रको नामी कम्पनी माइक्रोसफ्टले ‘स्पेस अफ दि फ्युचर’ नामको नयाँ मोडल ल्याएको छ । जसमा अबको ५ वा १० वर्षपछिको हाइटेक जीन्दगी कस्तो हुन्छ भन्ने प्रष्ट देखिन्छ ।
बाशिङ्ग्टनस्थित माइक्रोसफ्टको मुख्यालयमा भविश्यको यो घर बनाइएको छ । यसमा अध्याधुनिक प्रविधिमा आफ्नो अनुहार हेर्न सकिन्छ भने एक इसाराको भरमा खाना पकाउने जस्ता दैनिक घरेलु काम गर्न सकिन्छ ।
माइक्रोसफ्टको यो महत्वपूर्ण प्रोजेक्टसँग जोडिएका एन्टन एड्र्यूजका अनुसार उक्त घरमा रहेको विशेष डेस्क आवश्यकता अनुसार तलमाथि गर्न सकिन्छ । जसमा तपाई आरामसँग काम गर्न सक्नुहुनेछ, अनि हेर्दा हेर्दै फुलेर कम्प्युटर स्क्रीनका रुपमा अगाडी आउँछ ।
यो स्क्रीनले मानिसको अनुहार चिनेर उसका सम्वन्धित बस्तुहरु स्क्रीनमा प्रस्तुत गर्छ । त्यस्तै यसमा रहेक सूचनामा एक कमाण्ड हुन्छ जसले एक अर्कासँग जोडिएको सूचनादेखि सर्चसम्मको सुविधा दिन्छ । सर्चमा जाँदा सम्वन्धित भिडियो, तस्वीर र अन्य जानकारीसमेत पाइन्छ । सुरुमा सेतो वा कालो बोर्ड हुनेछ, जसमा तपाई लेख्न सक्नु हुनेछ । त्यसपछि टच स्क्रीन भएको प्यानल आउँछ, जसमा तपाई सबै काम गर्न सक्नुहुन्छ, एउटै स्त्रिmनमा यी मल्टिपल काम सहजै हुनेछन् । भविश्यमा यस्तो सामाग्रीमा थुप्रै प्रकारको कमाण्ड निहिन हुनेछ । जसमा तपाईलाई यस सामाग्रीको पछिल्लो अवस्था देखाइनेछ भने केही कमाण्ड उक्त सामाग्रीलाई सर्चको माध्यमबाट अपडेठ पनि गराउँछ । किचनको मज्जा
यदि भोक लागेको छ भने घरको किचनले आफैं तपाईलाई मन पर्ने खाना बनाउन भरपूर प्रयास गर्छ । मान्नुस् तपाई एक भेडे खुर्सानी -क्याप्सीगम) लिएर स्क्यानरका अगाडी उभिनुहुन्छ,त् यसले कोप्सीक्यामबाट बन्ने सबै परिकार र त्यसको तस्वीर स्त्रिmनमा देखाउँछ । मन पर्ने खाना बनाएपछि जब तपाई कुकिङ टेवलतर्फ जानु हुनेछ, त्यस डिशमा प्रयोग भएको सामाग्रीको तस्वीर देखिन्छ, ताकि केही नछुटोस् । साथै बनाउने विधि पनि बताइनेछ । जब तपाई चुलातिर जानुहुन्छ, त्यसको तामक्रम डिशका अनुसार तय हुन्छ । माइक्रोसफ्टले यसलाई आगामी दशकको हाइटेक जीवनको झलकका रुपमा पेश गरेको छ । बिल गेट्सले माइक्रोसफ्टको प्रत्यक्ष नेतृत्व त्यागेपछि अहिले स्टीभ वालमरले यो कम्पनी हाँकिरहेका छन् । हालै उनलाई सोधियो- नयाँ कार्यकारीको नेतृत्वप्रति खुसी हुनुहुन्छ ? उनले भने- उनको नेतृत्वमा पछिल्ला बर्षहरुमा धेरै नयाँ चिज भइरहेको छ ।’ सायद यही नयाँ चीजको खोजीको एउटा परिणाम होला-भबिष्यको हाइटेक घरको कन्सेप्ट ।’ यसले माइक्रोसफ्टको शाख उठाउन पनि मद्दत गर्ने बीबीसीले अनुमान गरेको छ ।
No comments :
Post a Comment