Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : समाचार

Wednesday, 6 March 2013

समाचार

ढाका कारोबारबाटै करोडपति===============

२३ फागुन, तेह्रथुम । सरकारी स्थायी जागिर बीचैमा नछाडेको भए उनी यतिबेला घरैमै बसेर जागिर पछि राज्यले दिने पेन्सन सुविधा बुझ्दै हुन्थे । तर सरकारी जागिरलाई बीचैमा छाडेर ढाका कपडा व्यवसायमा लागेका उनी अहिले प्रतिमहिना ७ लाख रुपैयाँ बराबरको ढाका कपडाको कारोबार गर्छन् ।

पराजुली ढाका कपडा उद्योग, म्याङ्लुङका सञ्चालक ढंगराज पराजुलीलाई निरन्तर ढाका कपडाको व्यवसायमा लागेवापत ‘ढाका कपडा तयारी वस्तु समूह’ अन्तर्गत नेपालकै उत्कृष्ट उद्यमीको पुरस्कार दिलायो ।

यही व्यवसायले अन्तर्राष्ट्रिय बजार अध्ययन गर्न उनलाई थाइल्याण्डसम्म पुर्‍यायो । कोष तथा लेखा नियन्त्रणको कार्यालयमा खरिदार पदको सरकारी जागिरले परिवार पाल्न धौ धौ भएपछि पेन्सन हुनै लाग्दा उनले जागिरबाटै राजीनामा दिए । जागिर छोडेलगत्तै हाते तानबाट ढाका कपडा बुन्ने व्यवसाय सुरु गरेको उनले त्यसयता कहिल्यै पनि व्यवसायमा पछि फर्किनुपरेन ।

कुनै समय गाउँका जनजाति महिलाहरुले फुर्सदको समयमा हाते तानमा बुन्ने ढाका कपडा उत्पादन बढ्दै गएपछि आज ‘ढाका कपडाको जिल्ला’ भनेर तेह्रथुम चिनिन थालेको खबर कान्तिपुर दैनिकले छापेको छ । ‘यस्तो सफलता हात पर्ला भन्ने सोचेकै थिइन्,’ ढंगराजले भने, ‘सरकारी स्थायी जागिर छोडेर यो व्यवसायमा लागेको राम्रै सफलता हात लाग्यो ।’

तेह्रथुममा उत्पादन हुने ढाका गुणस्तरीय हुने भएकाले खाडी मुलुकदेखि युरोपियन मुलुकहरुसम्म निर्यात हुन थालेको छ । जिल्लाकै प्रमुख उद्योग व्यवसाय बनेको ढाका कपडामा अहिले ४० हजारभन्दा बढी रोजगारी पाएको घरेलु तथा सना उद्योग विकास समितिको कार्यालयले जनाएको छ ।

जिल्लाभित्र २२ हजारभन्दा बढी हाते तान रहेको समितिका अधिकृत केदार खड्काले बताए । ढाका कपडाको व्यवसायबाट मात्र बाषिर्क ५ करोड रुपैयाँको कारोबार हुने गरेको व्यवसायीको भनाई छ । पराजुलीले मात्र आफ्नो उद्योगमा ३ सय ५० जनालाई रोजगारी दिएका छन् ।
ढाका कारोबारबाटै करोडपति
===============

No comments :

Get Widget